मुगावेद्वारा निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रवासीका नाममा सम्वोधन



जिम्बाव्वे ।
जिम्बाव्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट हटेपछि पहिलोपटक निर्वाचन शुरु हुनुभन्दा २४ घण्टा पहिले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ ।
३७ बर्षको लामो समयसम्म सत्तामा रहेका मुगावेको सहभागिता विना नै निर्वाचन हुन लागिरहेको पूर्वसन्ध्यामा उहाँले गर्ने सम्बोधनले लामोसमयदेखि उहाँलाई मतदान गर्दै आएका मतलाई प्रभावित पार्ने सम्भावना रहेको अवस्थामा उहाँले गर्ने सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।
सन् १९८० मा अल्पसङ्ख्यक गोरा जातिबाट राष्ट्रलाई स्वतन्त्र बनाउने महत्वपूर्ण भूमिका खेलेका मुगावेको सम्वोधनमा उहाँले सोमबार हुने निर्वाचनमा कुनै समूहलाई मतदान गर्नका लागि अभिप्रेरित गर्नेछ ।
सम्भवत मुगावेले लामो समयदेखि आफ्नो सहयोगीका रूपमा रहेका तथा वर्तमान् राष्ट्रपति एमर्सन नान्गागावा र उहाँका ४० बर्षीय प्रतिद्वन्द्वी वकील नेल्सन चमिसा जसको मुद्दाप्रति झुकाव देखाउनुहुनेछ उसैको जीत निश्चितप्राय हुनेछ ।
चौरानब्वे बर्षीय मुगावेले आफ्नो सम्वोधनमा पत्रकारहरूलाई सैनिक बलमा आफूलाई हटाइएका सन्दर्भ र उहाँको सत्ताधारी दलभित्रको भगडाबारे बोल्नुहुने अपेक्षा गरिएको छ ।
जिम्बाब्वेमा मुगावेबाहेक अन्य नेतालाई नचिन्ने जनमत ठूलै भएको र यसले निर्वाचन परिणामलाई उल्टाइदिने विश्वास विश्लेषहरूले गरेका छन् ।
जिम्बाब्वेको प्रतिपक्षी समूहले तत्कालिन समयमा गरेको श्वेत विरुद्धको क्रान्तिको औचित्य, निर्वाचनमा हुने गरेका अनियमितता, श्वेत समुदायबाट बलपूर्वक जग्गा लिने काम र बर्षौको अन्तराष्ट्रिय आर्थिक प्रतिबन्धका लागि मुगावेलाई दोषी मान्दै सम्भवतः आफ्नो पक्षमा मतपरिणाम आउने अपेक्षा गरे पनि अश्वेत वर्णका जिम्बाब्वेली नागरिकले मुगावेको दललाई नै मतदान गर्ने सम्भावना बढी रहेको विश्लेषकहरू बताउँछन् ।
सोमबारको निर्वाचनबाट नाकाबन्धीका कारण ध्वस्त बनेको अर्थतन्त्रलाई उकास्न लगानी भित्राउने नेतृत्व आउनेमा यहाँका जनता विश्वस्त देखिन्छन् तर श्वेत र अश्वेतबीचको विभाजनले निर्वाचनबाट सक्षम नेतृत्व आउनेमा शङ्का उब्जिएको छ ।
नान्गाग्वाले आफ्नो विजय भएमा निर्वाचनलाई स्वतन्त्र तथा स्वच्छ बनाउने र मुगावेद्वारा अघि सारेका नीतिहरूलाई सुधार गर्ने प्रतिवद्धतासहित निर्वाचन पर्यवेक्षणमा दर्जनौ पश्चिमाहरूलाई निमन्त्रणा गर्नुभएको छ ।
मुगावेले भन्नुभयो, “मैले सधै वैधता र जनतालाई स्वतन्त्रता दिने कुरालाई मतदानको शर्तका रूपमा प्रस्तुत गर्ने गरेको छु र यसपटक पनि त्यसै गर्नेछु ।”
तर उहाँले ‘दुष्ट एवम् दुर्भावनापूर्ण चरित्र’ हावी हुँदा आफू पदबाट हट्नुपरेको बताउँदै आफ्नो राजिनामा मुलुकलाई रक्तपातबाट जोगाउनका लागि भएको बताउनुभयो ।
उहाँले जिम्बाब्वेको भविष्य र मतदानप्रति जिम्बाब्वेली कौतुहलताकासाथ रहेको र मतदानले सक्षम नेतृत्व छान्ने विश्वास गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्