‘ई–प्लानेट नेसनल कप फुटसल’ बिहीबार र शुक्रबार



नेपाल समाचारपत्र, काठमाडौं ।  आगामी बिहीबार र शुक्रबार नेसनल कलेजको आयोजनामा दोस्रो ई–प्लानेट अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बालुवाटारस्थित ढुकु फुटसल हबमा आयोजना हुने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकको दावी छ ।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार तथा दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराइएको हो ।

धुम्बाराहीस्थित नेसनल कलेज अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने नेपालकै पहिलो कलेज रहेको आयोजकको दावी छ । सन् २०१० मा कलेजले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गरेको थियो । बिचमा रोकिएको प्रतियोगिता गत वर्षदेखि पुनः सुरु भएको हो ।

१६ टोली सहभागी रहने यस प्रतियोगितामा यसअघिको संस्करणको उपाधि आयोजक नेसनल कलेजले जितको थियो ।

प्रतियोगीतामा सहभागी जनाउन ६ हजार रूपैयाँ रजिस्ट्रेसन शुल्क बुझाउनुपर्ने जानकारी पनि गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्