सरकारी पेन्सन नीति विरुद्ध रसियामा प्रदर्शन



मस्को, (एजेन्सी)
सरकारको निवृत्तिभरण पाउने कर्मचारीको उमेर बढाउने प्रस्तावित योजनाको विरोधमा शनिबार रसियाका विभिन्न शहरमा आयोजित प्रर्दशनमा हजारौं व्यक्तिले सहभागिता जनाएको रुसी सरकारी सञ्चार माध्यमले जनाएको छ।
राजधानी मस्कोमा आयोजित प्रदर्शनमा मानिसहरूले बोकेको एउटा ब्यानरमा लेखिएको थियो, ‘हामी निवृतिभरणमा बाँच्न चाहन्छौं, काममा मर्न होइन।’ सरकारले घट्दो जनशक्तिको समस्या समाधान गर्न पेन्सन पाउने पुरुषको उमेर ६० बाट ६५ र महिलाको ५५ बाट ६३ पु¥याउन चाहेको हो।

तर कर्मचारी युनियनहरूले पेन्सन दावी गरुन्जेलसम्म धेरै कर्मचारी नबाँच्ने तर्क अघि सारेका छन्। विश्व स्वास्थ संगठन (डब्ल्युएचओ ) का अनुसार रसियामा पुरुषको औसत आयु ६६ र महिलाको ७७ रहेको छ।
रुसी कम्युनिस्ट पार्टीले आयोजना गरेको यस विरोध प्रर्दनमा विभिन्न ट्रेड युनियन तथा राष्ट्रवादीहरूको पनि सहभागिता रहेको थियो। सुदूरपूर्वी रसिया र साइबेरियाका विभिन्न शहरमा पनि प्रदर्शनको आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्