पाकिस्तानमा पुनःनिर्वाचनको माग



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका विभिन्न राजनीतिक दलहरूले पुनःनिर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्।

गत जुलाई २५ मा देशभरि भएको निर्वाचनको परिणाम पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्र्टी तेहरिक–ए–इन्साफले १ सय १४ स्थान जितेको घोषणा भएपछि आन्दोलको घोषणा गरिएको हो।
आन्दोलनरत पार्र्टीहरूले गएको चुनावमा व्यापक अनियमितता र धाँधली भएको आरोप लगाउँदै फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

आन्दोलनको घोषणा गर्ने दलमा वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज ‘पीएमएल–एन’ पनि रहेको छ।

पीएमएल–एनका वरिष्ठ नेता शाहबुज सरिफले आन्दोलनप्रति आफ्नो समर्थन र एक्यैवद्धता रहेको जानकारी दिएका छन्। यस पार्टीले कूल ३९ सिट जितेको छ। त्यसै गरी तेहरिक–ए–इन्साफले १ सय १४, पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्र्टी पाकिस्तान मुश्लिम लिगले ६३ सिट जितेका छन्। सरकार गठनका लागि १ सय ३७ सिटको आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्