दिपेश र सेहजाद च्याम्पियन



काठमाडौं, (नेस)
एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि जितेका छन् । महिला एकल तर्फको उपाधि भने पाकिस्तानकी सेहजाद माहुरले जितिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–११, २१–१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि हात पारेका हुन् । यसैगरी महिला एकलतर्फ भने पाकिस्तानकी सेहजादले फाइनलमा नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्