२५ झोले खेलकुद संघ खारेज



काठमाडौं, (नेस)
राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकूद संघको नाउँमा विदेश जाने उद्धेश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएका छन् ।

३ वर्षको अवधिमा २५ वटा त्यस्ता संस्था खारेज गरिसकेको विष्टले जानकारी गराएका हुन् । टग अफ वार एशोसियसन (तान डोरी संघ) काठमाडौंको आयोजनामा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको लागि राजधानीको मध्यबानेश्वरमा आयोजित एकदिने ‘खेलकूद विज्ञान तथा प्राविधिक गोष्ठी’ को उद्घाटनका अवसरमा विष्टले सो कुरा बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्