एन्फाको लोगो र जर्सीको डिजाइन फेरिने



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) को लोगो र नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सीको डिजाइन फेरिनको लागि एन्फाले खुल्ला प्रतिस्पर्धा गराएको छ। शनिबार एन्फाले लोगो र जर्सीको डिजाइन बनाएर १० दिनभित्र यानी साउन २१ गतेभित्र तयार पारेर एन्फामा बुझाउनु पर्ने जानकारी दियो ।

यही साउन ३० गते एन्फाको साधारण सभाको बैठक हुनेछ । र सोही बैठकले उत्कृष्ट जर्सी र लोगोलाई मान्यता दिने एन्फाका प्रवक्ता किरण राईले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

राईको अनुसार उत्कृष्ट लोगो र जर्सीको डिजाइन कर्तालाई ५० हजार नगद पुरस्कार समेत दिने एन्फाले व्यवस्था गरेको छ । हाल एन्फाको गोलो आकारको लोगोमा नेपालको राष्ट्रिय झण्डा दुईतिर राखिएको र बीचमा फुटबल राखिएको छ ।

त्यसैमा सगरमाथा रहेको छ भने त्यसमाथि नेपालको नक्सा कोरिएको छ । जर्सीमा नेपाली टिमले रातो र नीलो जर्सीमा नेपालको राष्ट्रिय झण्डा खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस्