महानगर र उद्योग बाणिज्य संघबीच द्वन्द्व बढ्यो



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज महानगरपालिकाले कर बढाएको भन्दै वीरगन्जका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् । वीरगन्ज उद्योग बाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाको नगरसभाले पारित गरेको आर्थिक ऐन २०७५ मा उल्लेखित कर, दस्तुर र शुल्कको विरोध गरेको हो ।

आइतबार विरोध ¥याली निकाल्ने उसले बताएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले महानगरपालिकाले मनोमानी तवरबाट कर, दस्तुर तथा सेवा शुल्क अभिवृद्धि गरेको बताउनुभयो । महानगरले ढाड सेक्ने गरी कर बढाएका कारण आफँहरू आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य संघको आन्दोलनमा होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, पेट्रोलियम डिलर्स एसोसियसन, औषधि व्यवसायी संघ, किराना व्यवसायी संघ, कवाडी व्यवसायी संघ, औद्योगिक उत्पादक संघ लगायत २४ भन्दा बढी संघ संस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् ।

विगतमा कर प्रयोजनको लागि सम्पत्ति र घरजग्गाको मूल्यांकन गर्दा मालपोत कार्यालय, पर्साको रजिष्टे«सन प्रयोजनको लागि निर्धारण गरिएको न्यँनतम् मूल्यांकनलाई आधार मानेर कर असुल गरिन्थ्यो । तर, महानगरपालिकाले मालपोतको न्यँनतम् मूल्यांकन किताबलाई पाखा लगाएर आफुखुशी सम्पत्तिको मूल्य कायम गरेर कर लिन खोजेको उद्योगी व्यवसायीको गुनासो छ ।

नेसनल मेडिकल कलेजलाई गरिएको कर छुटतर्फ संकेत गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले नगरबासीलाई मात्रै दुःख दिने नियत महानगरको रहेको बताउनुभयो । तर,वीरगन्जका मेयर सरावगी भने वीरगन्ज उद्योग वाणिज्य संघ अध्ययन नै नगरी विरोधमा उत्रिएको बताउनुभयो । जिम्मेवार संस्था छलफल नै नगरी आन्दोलनमा जान खोज्नु गलत भएको दाबी गर्नुभयो ।

स्मरण रहोस् मेयर सरावगी वीरगन्ज उद्योग बाणिज्य संघकै पँर्वअध्यक्ष हुन् भने उनीका आधा दर्जन उद्योग वीरगन्जमा नै सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्