अज्ञात रोगका कारण दिल्लीमा ४० गाई मरे



नयाँदिल्ली ।
भारतको दिल्लीमा अज्ञात रोगका कारण कम्तीमा ४० ओटा गाई मरेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले गत दुई दिनको अवधिमा ४० ओटा गाई मरेको शनिबार जानकारी दिएका हुन् ।

दिल्लीको पश्चिमी क्षेत्रमा पर्ने घुम्मानहेरा भन्ने ठाउँमा यसरी ठूलो संख्यामा गाई मरेको समाचारमा जनाइएको छ ।

यस स्थानमा सन् १९९५ देखि गाईपालन गर्न थालिएको थियो । अहिले झण्डै १४ सय गाई पालिएको गाउँलेहरुले जानकारी दिएका छन् । गाईपालनका लागि २० जना कामदार राखिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्