सन्तानलाई पिताबाट टाढा राख्ने महिलालाई कैद



म्याड्रिड, (एजेन्सी)
स्पेनको एक अदालतले आफ्नो पतिलाई छोराहरु दिनुको सट्टा तिनीहरुलाई लिएर लुकेर बसेको अभियोगमा एक महिलालाई शुक्रबार ५ वर्ष लामो कारावास सजाय सुनाएको छ।

तर हुवाना रिभास नामक ती महिलाले आफ्ना पतिले आफूहरुलाई यातना दिने गरेको अभियोग लगाएकी छिन्। अदालतले उनलाई आफ्ना सन्तानसँग बस्ने अधिकार छ वर्षका लागि खोस्नुका साथै ठूलो परिमाणमा कानुनी खर्च तिर्न पनि आदेश दिएको छ।

स्पेनी राजनीतिज्ञहरु तथा महिला अधिकारवादी समूहहरुले अदालतको यस निर्णयको आलोचना गरेका छन्। अहिले १२ र ४ वर्ष उमेर पुगेका ती बालकहरुलाई कसले पाल्ने भन्नेबारे स्पेनको इतिहासमै निकै लामो मुद्दा चलेको हो। स्पेनमा यस मुद्दालाई लैंगिक हिंसाविरुद्धको संघर्षका रूपमा पनि हेरिएको छ।

उनले आफ्ना सन्तानलाई सन् २०१६ मा इटालीस्थित आफ्नो माइतमा लगेकी थिइन्। त्यसपछि उनले पटकपटक परिवार भेट्ने कारण देखाउँदै स्पेनको भ्रमण गरेकी थिइन्। उनले आफ्नो पतिलाई सन्तान फर्काउनुको बदला उल्टै उनले आफूहरुलाई यातना दिने गरेको अभियोगमा मुद्दा दायर गरेकी थिइन्।

पछि उनले छोराहरुलाई तिनका पितालाई फर्काउन अदालतले दिएको आदेशकै अवज्ञा गरेकी थिइन्। गत वर्ष उनले आफ्ना सन्तानलाई आतंकबाट जोगाउन भाग्दै हिँडेकी एक महिलालाई अपहरणको दोष लगाउन नसकिने बताएकी थिइन्। उनको यस समस्या स्पेनको सामाजिक सञ्जालमा भाइरल भएको थियो। अन्ततः उनले आत्मसमर्पण गरी छोराहरूलाई तिनीहरूका पितासँग भेटाइदिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्