विमानभित्र बच्चा फाल्ने युवती पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
उत्तरपूर्वी भारतको गुवाहटीबाट राजधानी नयाँदिल्लीतर्फ आन्तरिक उडानमा रहेको एउटा विमानभित्र मृत नवजात शिशु फेला परेपछि प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ।

एयर एसियाका क्याबिन क्रुले बिहीबार विमान अवतरण हुनु केही मिनेटअघि मात्र विमानभित्र बच्चा फेला पारेका थिए। तिनीहरुले विमानमा सवार सम्पूर्ण महिलालाई यसबारे सोधखोज गरेपछि बल्ल एक १९ वर्षीया युवतीले आफूले विमानभित्रै बच्चा जन्माएको स्विकारेकी थिइन्।

प्रहरी अधिकारीहरुले ती युवतीले आफू गर्भवती भएको थाहै नभएको बताएको बीबीसीलाई जानकारी दिएका छन्। विमानस्थल प्रहरीले यस सम्बन्धमा मुद्दा दायर गर्दै अनुसन्धान अघि बढाइसकेको छ।

वरिष्ठ प्रहरी अधिकारी सजय भाटियाले बीबीसीलाई बताएका छन्– ‘उनले विमानको शौचालयमा ७ सात महिनाको बच्चा जन्माएर त्यहीं छोडेर हिँडेकी थिइन्। बच्चाको मृत्यु कसरी भएको भन्ने थाहा पाउन हामीले पोस्टमार्टमको रिपोर्ट कुरिरहेका छौं। तेकान्दो खेलाडी रहेकी ती युवतीलाई पूर्वनिर्धारित योजनाअनुसार अर्को विमान चढेर दक्षिण कोरिया जान दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्