अमेरिकालाई इरानको कडा चेतावनी



तेहरान, (एजेन्सी)
अमेरिकाको डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट पछि हट्ने निर्णय गरेयता आणविक कार्यक्रमको कारण अन्तर्राष्ट्रिय विवादमा परेको इरान र अमेरिकाबीचको तनाब बढ्ने क्रम जारी रहेको छ। यी दुई देशले एक अर्कालाई लगातार धम्की दिँदै आइरहेका छन्। बिहीबार इरानले अमेरिकालाई अर्को पछिल्लो चेतावनी दिएको छ।

इरानको विशेष सेनाका एक कमान्डरले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धम्की दिएका हुन्।

मेजर जनरल कासिम सुलेमानी इरानी समाचार निकाय इर्नालाइ भनेका छन्– ‘यदि अमेरिकाले इरानमाथि हमला गरको खण्डमा अमेरिकाको सबै कुरा ध्वस्त पारिदिन्छौं। यदि ट्रम्पले युद्ध शुरू गरे इस्लामिक रिपब्लिकले यसलाई समाप्त गर्नेछ।’
यसअघि ट्रम्पले इरानका राष्ट्रपतिलाई कहिले पनि अमेरिकालाई धम्की दिने कोसिस नगर्नु भनेर ट्वीट गरेपछि इरानका कमान्डरको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।

अमेरिकालगायत विश्वका अन्य शक्तिशाली राष्ट्रहरु रसिया, चीन, बेलायत, फ्रान्स, जापान र जर्मनीले सन् २०१५ मा इरानसँगको आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए। सो सम्झौताअनुसार इरानले आणविक गतिविधि कटौती गरेर लगेअनुसार त्यसमाथि लगाइँदै आएको नाकाबन्दी पनि खुकुलो पार्ने सहमति भएको थियो।

इरानको रिभोलुसनरी गार्ड्सको कुर्दस फोर्सका प्रमुख कमान्डर जनरल कासिम सुलेमानीले एक सैनिक भएको नाताले ट्रम्पकोे धम्कीको जवाफ दिनु आफ्नो कर्तव्य भएको बताएका हुन्। उनले ट्रम्पको आफ्ना राष्ट्रपति हसन रुहानीसँग कुरा गर्ने हैसियत नभएको उनलाई आफूसँग कुरा गर्नसमेत आ≈वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्