पुर्व क्रिक्रेटर इमरान खान पाकिस्तानी प्रमका प्रवल दावेदार, गठबन्धन सरकारको संकेत



इस्लामावाद,(एजेन्सी)
पुर्व क्रिक्रेटर इमरान खानले विहिवार पाकिस्तानको आम चुनाव जितेको दावी गरेका छन् । यद्यपि विपक्षी राजनीतिक पार्टीहरुले उनीमाथि चुनावमा व्यापक धाँधली गरेको आरोप लगाएका छन् ।

पाकिस्तान तेहरिक ए इन्साफ ( पिटिआइ ) पार्टीका नेता खानले टेलिभिजन मार्फत भनेका छन् , ‘ हामी सफल भयौं र हामीलाई सत्ता सम्हाल्ने जनमत प्राप्त भएको छ । ’ तर अझैपनि उनको पिटिआइ पार्टीलाई बहुमत नपुग्ने हुनाले गठबन्धनका लागि साझेदारहरु खोज्नु पर्ने स्थित रहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

हिंसाको कारण चुनावी प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । चुनावको दिन बुधवार पाकिस्तानको क्वेटा प्रान्तको एउटा मतदान केन्द«को गेटमा प्रहरी माथि लक्षित गरी गराइएको एक शक्तिशाली आत्मघाती बम विस्फोटमा ३१ जना व्यक्तिको ज्यान गएको थियो । सो आक्रमणमा अन्य दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन् ।

नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुने उनका प्रवक्ताद्वारा बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आकर्षक खानदानी व्यक्तित्वका धनी खानको नेतृत्वमा पाकिस्तानले सन् १९९२ मा क्रिक्रिेट वलर्ड कप जित्न सफल भएके थियो । सन् २०१३ मा उनले भ्रष्टाचार विरुद्ध अभियान थालेपछि बल्ल उनको पार्टी कडा प्रतिस्पर्धीको रुपमा देखा परेको थियो ।

लामो समय सम्म सेलेव्रिटी प्लेब्वायको छवि बनाएका खानलाई अहिले पनि आणविक शक्ति सम्पन्न पाकिस्तानका सेनाको सहयोगमा चुनाव जितेको आरोप लगाइएको छ । पाकिस्तानको एकहत्तर वर्ष लामो इतिहासको झण्डै आधा भन्दा बढि समय सेनाले शासन चलाएको छ ।

भ्रष्टाचारको अभियोगमा अपदस्थ गरिएका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग –नवाज ( पिएमएल – एन ) लगायत अन्य स–साना राजनीतिक पार्टीहरुले चुनावमा व्यापक धाँधली भएको भन्दै चुनावी परिणमलाई अस्विकार गरेका छन् ।

यसअघिको चुनाव जितेका सरिफलाई पानामा पेपर्स चुहावट काण्डबाट शुरु भएको भ्रष्टाचारको अभियोगमा कारावास संजाय भएको छ । सरिफ केहि दिन अघिमात्र वेलायतको राजधानी लन्डनबाट आफ्नी पुत्रीसंगै स्वदेश फर्केका थिए । तिनीहरुलाई लाहोर स्थित विमानस्थलबाटै सुरक्षाकर्मिले नियन्त्रणमा लिएका थिए । सरिफकी पत्नी मुमताज कुलसुमको क्यान्सरको कारण लन्डनको एक अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ ।

आफ्नो टेलिभिजन सम्बोधनमा खानले भनेका छन् , ‘ मेरो बिचारमा यो पाकिस्तानको इतिहासकै सबैभन्दा स्पष्ट र निष्पक्ष चुनाव हुन् । यदि यस्तो विपरित दावी भएका छन् भने त्यसको पनि म अनुसन्धान गर्छुं । म आफ्ना प्रतिस्पर्धिहरुलाइृ पाकिस्तानको विकासका लागि मसंग हातेमालो गर्न अपिल गर्दछुँ । काश्मिर क्षेत्रको विवाद समाप्त गर्न भारतसंग वार्ता गर्ने प्रतिवद्धता जाहेर गर्दछुँ ।

प्रतिक्रिया दिनुहोस्