यस बर्षको म्यागसेसे पुरस्कार विजेताहरुको घोषणा



मनिला (एजेन्सी)
एसियाको नोबेल पुरस्कार भन्नेको रामोन म्यागसेसे पुरस्कारका यस बर्षका विजेता घोषित भएका छन् ।

पुरस्कृत हुनेहरुमा दुई भारतिय सहित ६ जनाको नाम घोषणा गरिएको छ । रामोन म्यागासेसे अवार्ड फाउन्डेसन (आरएमएएफ)ले बिहिबार उसको ६० औं ब्याचको पुरस्कार घोषण गरेको हो ।

पुरस्कृत हुनेहरुमा फिलिपिन्सका शान्ति वार्ताकार तथा पुर्व राजदुत होवार्ड डी परेका छन् र्। सामाजिक न्याय तथा शान्ति स्थापित गर्न र गरिबका लागि प्रतिस्था तथा प्रगति हासिल गर्नमा पुर्याएको योगदानको कदर स्वरुप उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको उल्लेख गरिएको छ । डी फिलिपिनो जनतामाझ उनले पुर्याएको सेवाका कारण चिरपरिचित ब्यक्ती हुन् ।

त्यसैगरी उक्त पुरस्कार पाउने अर्का विजेता क्याम्वोडियाली नरसंहारमा बच्न सफल योक चाङ हुन् । उनले आफनो जीवन क्याम्बोडियाका खमेर रुसको अत्याचारको लेखाजोखामा ब्यतित गरेका थिए ।

अर्का पुरस्कार विजेता पुर्वी टिमोरका मारिया डि लाउर्डेज माटिन्स क्रुज हुन् । धर्म निरिपेक्ष संस्था सेकुलर इन्स्टिच्युट अफ ब्रडर्स एन्ड सिस्टर्सका संस्थापक क्रुज समाचारमा अत्यन्त जोखिम अवस्थामा रहेकाहरुलाई उकास्नमा तल्लिन छ ।

त्यसैगरि भारतका सडकमा बस्दै आइरहेका मनोरोगीहरुको सेवामा आफना जीवन अर्पन गरेका भारत वातवानी र शिक्षा सुधार कार्यक्रम विकासका लागि स्थानिय सरकारसँग मिलेर काम गरिरहेका सोनाम वांगचुकलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको छ ।

अर्को विजेता भियतनामका भो थि होआंग यन हुन । शारीरिक रुपमा अशक्तहरुका लागि जीवन यापन गर्न सक्ने गरि शिप तालिम तथा रोजगारको ब्यवस्था गर्नमा समर्पित रहेकोमा उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्