सिरिया: आइएस आक्रमण



दमास्कस,(एजेन्सी)
दक्षिणी सिरियामा इस्लामिक स्टेट्स (आइएु) समूहले गरेको एक आत्मघाती विस्फोट र लगातार गोलाबारीको कारण करिब २ सय ५० व्यक्तिको मृत्यु भएको सरकारी सुरक्षा सुत्रले जनाएको छ । यस आक्रमणमा मारिने मध्ये आधाभन्दा बढी सर्वसाधारण भएका वेलायत स्थित सिरियाली मानव अधिकार मामिला हेर्ने निकायका प्रमुख रामी अब्देल रहमानले बताएका छन् ।

सरकारको बलियो पकड रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए । सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट ३ लाख ५० हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्