मंगलग्रहको दक्षिण ध्रुवमा भुमितग विशाल ताल



पेरिस (एजेन्सी)
वैज्ञानिकहरुले मंगलग्रहमा तरल पानीको अस्तित्व पत्ता लगाएको दावी गरेका छन् । मंगलग्रहमा फेला परेको उक्त पानी दक्षिण धु्रबिय हिँउले धाकेको इलाकामा एक तालका रुपमा रहेको र यो करिब २० किलोमिटरको क्षेत्रफलमा फैलिएको उनीहरुले बताएका छन् । उक्त ताल हिँउको सतहबाट करिब १ किलोमिटर मुनी रहेको पनि उनीहरुले बताए ।

सुरुका सोधमा मंगलग्रहको धरातलमा तरल अवस्थाको पानी रहेको सम्भावित संकेत प्राप्त भएको थियो । अहिले यो पानी रहेको सोधको नतिजा पहिलो प्रमाण हो ।

नासाको क्युरियोसिटी रोवरले जुन ताल रहेको सतह पत्ता लगाएको थियो त्यसले अतितमा मंगलग्रहको सतहमा पानी रहेको हुनु पर्ने थाहा पाउन सकिन्छ ।

यद्यपी क्षीण वायुमन्डलका कारण मंगलग्रहको जलवायु पहिलाको तुलनामा चिसो छ, जसको परिणामस्वरुप यहाँ रहेको पानी हिँउमा परिणत भएको छ ।

यो नयाँ खोज मार्सेस भुउपग्रहको मद्दतबाट सम्भव भएको हो । मार्सेज मार्स एक्सप्रस आर्विटरमा एक राडार उपकरण जडान गरिएको छ ।

अध्ययनको नेतृत्व गरिरहेका इटालियन नेसनल इन्स्टिच्युट अफ एस्ट्रोफिजिक्सका प्रोफेसर रोबर्टो आरोसेइले यो सम्भवत एक अन्त्यन्तै ठुलो ताल हुन सक्ने बताए ।

यद्यपी मार्सेसले तालमा पानीको गहिराइ कति छ भन्ने पत्ता लगाउन सकेको छैन । तर सोधदलले यो कम्तिमा १ मिटर हुन सक्ने अनुमान गरेका छन् ।


पोफेसर ओरोसेइले भने– त्यहाँ जे भेटिएका छन्, त्यो पानी नै हो । यो एक तालका रुपमा छ, । यो बरफ चट्टान वा बरफको बीचमा भरिएको पानी जस्तो होइन ।

मंगलग्रहमा भएको यस ताजा खोजबाट जीवनको सम्भावनाहरुका बारेमा निश्चित रुपमा अहिले नै केहि भन्न नसक्ने वैज्ञानिकहरुले बताएका छन् । ओपन युनिभर्सिटीमा आबद्ध डाक्टर मनिष पटेलले भने– हामी लामो समयदेखि जान्दै आएको के हो भने मंगलग्रहको सतह जीवनका लागि अनुकाुल परिस्थिति छैन । तर अब हाम्रो खोज केही अगाडी बढ्न सक्छ ।

नयाँ खोजले मंगलग्रहमा पानी भएको थाहा भएको छ तर यसकै आधारमा जीवनको सम्भावनाका बारेमा निष्कर्ष सम्म पुग्न नसक्ने बताइएको छ । ‘हामी जीवनको सम्भावनाको नजिक पुगेका छैनौं । तर यस खोजबाट हामीलाई मंगल ग्रहमा कहाँ र कुन दिशामा अगाडी बढ्नु पर्ने हुन्छ भन्ने थाहा भएको छ । यो लुकाइएको सम्पतीको नक्सा जस्तै हो ‘ पटेलले बताए ।
तरल तालको उपस्थिति सम्बन्धी नयाँ खोज मंगलग्रहमा विगत र बर्तमानमा जीवनको सम्भावना खोजी गरिरहेका अनुसन्धानकर्ताहरुका लागि राम्रो अवसर बन्नेछ ।

यद्यपी खोज गरिएको तालका विषयमा थप गहन अध्ययन गरिनेछ, त्यसपछि मात्र निषर्कमा पुग्न सकिने छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्