पाकिस्तान चुनावः प्रधानमन्त्री सम्हाल्ने होडबाजीमा क्रिकेटर इमरान



एजेन्सी, २२ वर्ष पहिले पाकिस्तानको राजनीतिमा पाइला टेकेका यी सफल क्रिकेटरलाई शुरुमा राजनेताको रुपमा त्यति समर्थन मिलेन । तर अहिले, उनी पाकिस्तानमा सत्ताको कमाण्ड सम्हाल्ने ऐतिहासिक संघारमा उभिएका छन् ।

हिंसात्मक घटनाहरूबीच पाकिस्तानमा बुधबार भएको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा अनुसार पूर्व क्रिकेटर इमरान खानले सुरुआती अग्रता प्राप्त गरेका छन् ।

पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको थियो । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो ।

यसको पछाडिको मुख्य कारण आम रुपमा राजनीतिक र सार्वजनिक जीवनमा विवादहरु भन्दा टाढा रहनुलाई मानिएको छ ।

राजनीतिमा आउनु पहिले पाकिस्तानको निर्वाचनमा एक भोट पनि नहालेको बताउने इमरानलाई विश्वास गर्दै यो निर्वाचनमा उनको पार्टीको चिहृन क्रिकेट ब्याटमा पाकिस्तानी मतदाताले धेरै भोट खसाएका छन् ।

इमरान आफ्नो राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तानको वकालत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्