गर्भवती महिलामाथि भियग्रा परिक्षणमा रोक



आम्स्टर्डम (एजेन्सी)
नेडरल्यान्ड्समा गर्भवती महिलामाथि भियग्राको चिकित्सकिय परीक्षणलाई ११ नवजात शिशुको मृत्युपछि तत्काल रोक लगाइएको छ ।

शोधमा सहभागी महलिाहरुलाई यौनबर्धक औषधी भियग्रा दिइरहेको थियो । यो गर्भमा रहेका शिशुको गर्भनाल कमजोर भएका महिलाहरुमा सोधका लागि प्रयोग भइरहेको थियो ।
शरीरमा रक्त प्रभाव बढाउने यो औषधीले बच्चाको फोक्सोलाई नोक्सान पुर्याएको हुन सक्ने अनुमान गरिएको थियो । यसको असर बुझ्न विस्तृत जाँचको आवश्यक भएको विशेषज्ञहरुले बताएका छन् ।

यसअघि बेलायत, अष्ट्रेलिया र न्युजिल्यान्डमा भएका यस प्रकारको सोधमा कुनै प्रकारको नोक्सान देखिएको थियो , तर यसबाट कुनै फाइदा भएको पनि पत्ता लागेको थिएन ।
कमजोर गर्भनालका कारण गर्भमै रहेका बच्चाको विकास रोकिने हुन्छ । जुन आफैमा एक गम्भिर बिमारी हो, जसको अहिलेसमम कुनै उपचार विकसित हुन सकेको छैन ।

यसको फलस्वरुप बच्चा समय भन्दा अगाडी नै जन्मने गर्छ । कमजोर हुने गरेकोले उनको बच्ने सम्भावना पनि न्युन रहन्छ । शिशुको तौल बढाउन सक्ने र उनको जन्मको समय पनि अगाडी बढाउन सक्ने औषधी मात्र यसका लागि लाभदायक हुन सक्छ ।

सोधका क्रममा कुल ९३ महिलालाई भियग्रा दिइएको थियो । ९० महिलालाई त्यसतै खालको औषधी दिइएको थियो । बच्चा जन्मदा २० जना फोक्सोसँग सम्बन्धित रोगी भेटियो । यसमा तीन बच्चाका आमालाई त्यसतै औषधी दिइएको थियो । यसमा ११ जना बच्चाको मृत्यु भएको थियो ।
बेलायतमा भएको त्यसतै सोधमा सहभागी भएका युनिभर्सिटी अफ लिभरपुलका प्रोफेसर जार्को अल्फिरेविचले नेडरल्यान्डमा भएको सोधको नतिजा अप्रत्यासित भएको बताए ।

बेलायत, न्युजिल्यान्ड र अष्ट्रेलियामा भएका त्यसै प्रकृतिको सोधमा यस प्रकारको जटिलता देखिएको छैन । त्यसैले यसको विस्तृत जाँच गर्नु पर्ने आवश्यक रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्