इजराजयले चन्द्रमामा पहिलो अन्तरिक्ष यान पठाउने



तेल अभिव (एजेन्सी)
इजरायलले मंगलबार सन् २०१८ डिसेम्बरमा उसका पहिलो चन्द्र अभियान प्रक्षेपण गर्ने घोषणा गर्दै चन्द्रमाको सतहमा अवतरण गर्ने चौथो देश बन्ने आशा गरेको छ ।

यदि उक्त अभियान सफल भएमा अमेरिका, रुस र चीनको क्लबमा इजरायलले प्रवेश पाउने छ । स्पेसआईएल र सरकारी स्वामित्वको इजरायल एरोस्पेस इन्डस्ट्रिजले नयाँ अन्तरिक्ष यान प्रस्तुत गरेको छ । संयुक्त प्रयासमा उक्त यान निर्माणमा ८ बर्ष लागेको र अहिलेसम्ममा ९ करोड ५० लाख डलर खर्च गरिसकेको छ ।

४ फिट अग्लो र साढे ६ फिट ब्यासको भएको यस यानले एक घण्टामा अधिकतम २२ हजार ३ सय ७० माइल प्रतिघण्टाको बेगमा उडान भर्न सक्छ ।

उक्त परियोजनामा काम गरिरहेको संस्थालाई २ करोड ७० लाख डलर दान गरेका दक्षिण अफ्रिकी इजरायली अर्बपति मोरिस काह्न, स्पेसआईएलका अध्यक्ष यस घोषणालाई लिएर उत्साहित बनेका छन् । उनले भने– पहिलो इजरायली अन्तरिक्ष यानको प्रक्षेपणले इजरायललाई पुर्ण गर्नेछ, उसको ७० बर्षको यात्रालाई गौरबपुर्ण बनाउनेछ । विश्वको अन्तरिक्ष नक्सामा हामीलाई पनि समावेश गर्ने यो एक राष्ट्रिय उपलब्धि हो ।

गुगलले प्रायोजन गरेको लुनार एक्सप्राइज प्रतिस्पर्धा सहभागी हुन युवा इन्जिनियर यारिव बास, कफिर डामारी र योनाटान वाइट्राउबले अन्तरिक्षयान निर्माण गर्ने निणर्य गरेपछि उक्त परियोजना सुरु भएको हो । उक्त पुरस्कारमा चन्द्रमामा मानवरहित अन्तरिक्ष यान अवतरण गराउने पहिलो प्रतिस्पर्धी समुहलाई २ करोड डलर धनरासीको पुरस्कार दिने भनिएको थियो ।

यस यानको पहिलो काम चन्द्रमामा इजरायली झण्डा गाड्नु परियोजनाका प्रबन्धकहरुले बताए । त्यसपछिमात्रै यसको वैज्ञानिक अभियान अगाडी बढ्ने छ । यसले अवतरित स्थानको फोटो तथा भिडियो खिँच्ने र चन्द्रमाको चुम्बकिय क्षेत्रको मापन गर्ने उनीहरुले बताए ।

उक्त यानलाई एलोन मस्कको स्पेसएक्स फर्मको एक रकेटबाट यही डिसेम्बरमा प्रक्षेपण गरिनेछ र यसले सन् २०१९ फेब्रुअरीमा चन्द्रमामा अवतरण गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्