बेलारुस: प्रतियोगिता शुरु



मिन्स्क,( एजेन्सी )
बेलारुसको राजधानी मिन्स्कमा मंलबारदेखि अन्तर्राष्ट्रिय हेलिकोप्टर उडान प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रका सैंतिसजना हेलिकोप्टर पाइलटले भाग लिएका छन् । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यो अहिले सम्मकै १६ औं हेलिकोप्टर प्रतियोगिता हो ।

प्रतियोगिताको दौरान हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ । यसमा सहभागी हुनेमा सबैभन्दा बढि रुसी पायलट रहेका छन् । प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्