दक्षिण कोरिया: संयुक्त समिति



सोल , (एजेन्सी )
उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक कालमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एक संयुक्त समिति बनाउन सहमत भएका छन् ।

मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली परिषद्का प्रमुख कीम होंग–गूलले आफू र आफ्ना उत्तर कोरियाली समकक्षी कीम योंग–दाईबीच यस अभियानबारे प्योंगयांगमा सहमतिपत्रमा हस्ताक्षर भएकोबताएका छन् । कीम योंग–दाई उत्तर कोरियाली संसदका उपाध्यक्ष पनि हुन् । कीम होंग–गूलले यस समितिको अध्यक्षता गर्ने तथा उत्तर कोरियाली नेताले समितिको उपाध्यक्षका रुपमा कार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्