भारत: एड्समा गिरावट



नयाँदिल्ली (एजेन्सी)
भारतमा गत बर्ष एचआइभी संक्रमणको मामिलामा २७ प्रतिशतले कमी आएको एक प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्र संघको एक ताजा प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरेको छ । उक्त प्रतिवेदनमा फिलिपिन्स र पाकिस्तानमा एड्सको मामिला बढेकोमा चिन्ता पनि प्रकत गरिएको छ । भारतमा सन् २०१० मा एड्सको १ लाख २० हजार रोगी भेटिएका थिए ।

सन् २०१७ मा यो संख्या ८८ हजारमा झर्यो । विश्वब्यापी एड्सका नयाँ रोगीको औषतमा भारतको यो आंकडा अत्यन्त राम्रो भएको बताइएको छ । विश्वभरी एड्सको मामिलामा १८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्