आमालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएपछि बच्चाहरुको मृत्यु



नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ ।

अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो ।

शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको छ ।

वास्तवमा के भयो, त्यो बुझ्नका लागि विस्तृत अनुसन्धानको आवश्यकता भएको विशेषज्ञको भनाई छ ।

यस अघि ब्रिटेन, अष्ट्रेलिया र न्यूजिल्याण्डमा गरिएको यस्तै प्रकृतीको शोधमा कुनै प्रकारको क्षती सार्वजनिक भएको थिएन । तर यसको केही फाइदाबारे पनि पत्ता लाग्न सकेन ।

कमजोर गर्भनालका कारण गर्भभित्रका बच्चाहरुको विकास रोकिनु एक गम्भीर रोग हो जसको अहिलेसम्म कुनै उपचार विकास गर्न सकिएको छैन ।

फलस्वरुप बच्चाहरु समयअगावै जन्मिन्छन् । कमजोर हुने भएकाले उनीहरु बाँच्ने सम्भावना पनि निकै कम हुन्छ ।

शोध अनुसार कूल ९३ महिलालाई भियाग्रा दिइयो जबकी ९० महिलालाई एक डमी औषधी दिइयो ।

जन्मपश्चात् २० बच्चाहरुको फोक्सोसँग सम्बन्धित रोग देखियो । यीमध्ये तीन त्यस्ता बच्चा थिए जसको आमालाई डमी औषधी दिइएको थियो जबकी अन्य सबै दोस्रो समूहका महिलाका बच्चा थिए । यीमध्ये ११ बच्चाहरुको मृत्यु भयो ।

ब्रिटेनको भएको यस्तै शोधमा भाग लिने युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक जार्को अल्फिरेविचका अनुसार नेदरल्याण्डमा भएको शोधको यो नतिजा अप्रत्याशित छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्