इटालियन फोटोग्राफरका तस्वीर आलोचित



नयाँदिल्ली,(एजेन्सी )
एकजना इटालियन फोटोग्राफरको भारतमा भोक शिर्षकको तस्वीर श्रंखलालाई लिएर अनलाई मार्फत व्यापक आलोचना हुन थालेको छ । धेरैले ति तस्वीरहरु निकै शोसित र गरिबी माथिको उपहास भएक ेबताउन थालेका छन् ।

चर्चित फोटोग्राफर एलेस्सियो मामोले गरिब भारतियहरुलाई नक्कली खाना राखिएको एउटा टेबुल सामु उभ्याइ आँखा छोप्न लगाएर तस्वीर खिँचेका छन् । ति तस्वीरहरु कुपोषणको अत्यन्तै उच्च दर रहेका दुईवटा राज्यमा खिँचिएका हुन् ।

ति तस्वीरहरु मध्ये ड्रिमिंग फुड नामक तस्वीरहरु सन् २०११ मा खिँचिएका ेहुन् । वल्र्ड प्रेस फोटो फाउन्डेसनले इन्सटाग्राममा सेयर गरेपछि ति तस्वीरहरु भाइरल भएकाहुन् ।
ति तस्वीरका क्याप्सनमा मामोले लेखेका छन् , ‘ मैले ति मानिसहरुलाई आफ्नो टेबेलमा देख्न चाहेका खानाहरुको सपना देख्न आग्रह गरेको थिएँ । यो भारतमा बिद्यमान भोकमरीको अमुर्त परियोजना हो । ’

तर इन्सटाग्राममा राख्न मामोले दिएका तस्वीरहरु फाउन्डेसनले राम्ररी हेरेको वा नहेरेको भन्ने स्पष्ट हुन सकेको छैन । फाउन्डेसनले भने तस्वीर छनौटका लागि फोटोग्राफरहरु स्वयम जिम्मेवार रहेको बताएके छ ।

प्रतिक्रिया दिनुहोस्