भुटान: चिनियाँ उपविदेशमन्त्री भ्रमण



थिम्पु (एजेन्सी)
चीनका उपविदेशमन्त्री कोंग सुअन्योउ विना पुर्व योजना भुटान पुगेका छन् । उनले राजधानी थिम्पुमा प्रधानमन्त्री सेरिंग तोब्गेसँग बैठक गरेका छन् । यसअघि भारतका लागि चीनका राजदुत पनि भुटान गएका थिए । भारतका लागि चिनियाँ राजदुत लुओ चाओइले नै उपविदेश मन्त्रीको भ्रमणको चाँजोपाँजो मिलाएको बताइएको छ ।

केहि महिना अगाडी मात्र भुटान र चीनबीचको सीमा विवाद चर्किएको थियो । उक्त विवादमा भारतिय सेना र चिनियाँ सैनिकहरु बिच मुठभेदको स्थिति बनेको थियो । भारतको छिमेकी भुटान एकमात्र देश हो, जसले चीनको वन बेल्ट वन रोड परियोजनामा सहभागी हुन अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्