जिम्वावे: चुनाव अवरुद्ध



हरारे,(एजेन्सी)
संयुक्त राष्ट्र संघको एक निकायले जिम्वावेको निर्वाचन अभियान मतदाताहरु माथिको डर धम्की र हिँसाको सन्त्रासको कारण अवरुद्ध भएको मंगलवार जनाएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले ग्रामीण क्षेत्रमा मानिसहरुलाई विभिन्न राजनीतिक पार्टीहरुले जवर्जस्ती चुनाव ¥यालीमा सहभारगि हुन दवाव दिइरहेको पनि जनाएको छ ।

यस कार्यालयले नाम ैतोकेर कुनै पनि पार्टीलाई दोष दिएको छैन । तर सत्तारुढ जानु –पिएफ पार्टीलाई विगतका चुनावमा हिँसा भड्काएको आरोप लगाइएको थियो । लामो समय देखि सत्तामा रहेका रोवर्ट मुगावेले गत नाभेम्वरमा राष्ट्रपति पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्