सोमालियाली सैनिक अखडा भयानक आक्रमण, २७ सैनिक मारिए



खार्तुम,(एजेन्सी)
एउटा शक्तिशाली कार बम विस्फोटनपछि सोमवार दक्षिणी सोमालिया स्थित एउटा सैनिक अखडामा अचानक प्रवेश गरेका इस्लामिक लडाकुहरुले आक्रमण गरेका छन् ।
अल सवाव लडाकु समुहले यस आक्रमणमा आफुहरुले २७ जना सैनिक मारेको दावी गरेको छ । बिहान सवेरेैको प्रार्थना लगत्रै यो आक्रमण शुरु भएके स्थानिय संचार माध्यमले जनाएको छ ।

सोमाली सेनाले बन्दरगाह शहर किस्मायो देखि करिव ५० किमि टाढा पर्ने सो क्षेत्रमा सहयोगका लागि थप सेना पठाइएको जनाएको छ । तर यस आक्रमणको थप विस्तृत विवरण सार्वजनिक गरिएको छैन । दस वर्ष भन्दा लामो समयदेखि अल सवावले सोमालियामा हिंसात्मक आन्दोलन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय लडाकु समुह अल कायदासंग आवद्ध अल सवावसंग लड्नमा सोमाली सरकारलाई सहयोग पु¥याउन अफ्रिकन युनियनको २२ हजार शक्तिशाली फौज त्यहाँ तैनाथ गरिएको छ ।
संयुक्त राज्य अमेरिकाले पनि उल्लेख्य संख्यामा सोमालियामा आफ्नो फौज तैनाथ गरेको छ । अमेरिकी फौजको उद्देश्य विशेष अपरेसनहरु चलाउनु र सरकारी फौजलाई तालिम दिनु रहेको छ । अल सवावका प्रवक्ता अब्दियास अवु मुसावले बार सान्गुनी स्थित अखडामा आक्रमण हुनासाथ केहि सोमाली सरकाी फौज जंगल तर्फ भागेको जनाएका छन् ।

रोयटर्स समाचार नकियका अनुसार किस्मायो देखि करिव ७० किमि टाढाको जामाने शहरका वासिन्दाले समेत शक्तिशाली विस्फोटका आवाज सुनेका थिए । गत महिना मात्र सोही क्षेत्रमा अल सवावले आक्रमण गरेको थियो ।

त्यतिवेला अल सवावले एकजना अमेरिकी , दुईजना केन्याली र नौ जना सोमाली सैनिक मारेको दावी गरेका थिए । सन् २०११ यता सरकारी फौजले थुप्रै शहरी क्षेत्रबाट अल सवावका लडाकुहरुलाई धपाउन सफल भएको थियो । तर अल सवावले विकट तथा ग्रामीण क्षेत्रमा रहेका सैनिक तथा अन्य सरकारी कार्यालयहरुमा हिंसात्मक आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्