तेल निर्यात रोक्ने प्रयास नगर: रुहानी, कसैले नभोगेको परिणाम भोग्नु पर्ने ट्रम्पको चेतावनी



तेहरान/वासिङटन (एजेन्सी)
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग ‘शत्रुतापुर्ण‘ नितिलाई लिएर कडा चेतावनी दिएको छ ।

राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई चेतावनी दिँदै भने– मिस्टर ट्रम्प, तपाई शेरको पुच्छरसँग नखेल्नुस, किनकी यसले मात्र विस्मात हुने छ ।

रुहानीले इरानी राजनितिज्ञहरुको एक भेलालाई सम्बोधन गर्दै भने– अमेरिकालाई यो कुराको ज्ञान छ कि इरानसँगको शान्ति सबै प्रकारका शान्तिको जननी हो र त्यसैगरी इरानसँगको युद्ध सबै प्रकारका युद्धको जननी हो । म कुनै धम्की दिइरहेको छुइन, तर कसैले हामीलाई तर्साउने वा धम्काउन सक्दैन ।

इरानको उक्त धम्कीलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प ट्विटमा राष्ट्र«पति रुहानीमाथि कडा प्रहार गरेका छन् । ट्विटमा ट्रम्पले भनेका छन्– इरानी राष्ट्रपति रुहानीका लागिः अमेरिकालाई कहिल्यै दोहोर्याएर धम्की नदिनु । यदि तपाईले त्यस्तो गरेमा इतिहासमा यसअघि कहिल्यै कसैले नभोगेको परिणाम भोग्नु पर्नेछ । अमेरिका अब त्यो देश होइन, जसले तपाईको धम्की सुनेर बस्छ, त्यसैले सावधान ।

ट्रम्पले ट्विटमा सबै ‘क्यापिटल लेटर‘मा लेखेका थिए ।
रुहानीले भने– जोसँग केही भएपनि राजनितिक सुझबुझ छ, उसले इरानको तेल निर्यात रोक्छु भन्न सक्दैन । हामीहरुको इतिहास छ, यस इलाकाको समुद्री मार्गमा हामी शान्तिका ध्वज बाहक हौं ।

इरानले विषम परिस्थितिमा होरमुज समुद्री मार्ग बन्द गर्ने संकेत गरेको हो । यो मार्ग इरानको नियन्त्रणमा छ । यसअघि इरानको इस्लामिक रिभोलुसनका नेता आयोतोल्लाह खोमेनीले राष्ट्रपति रुहानीका अमेरिकी विरुद्धको उनको नितिको समर्थन गरेको थियो । त्यसपछि नै राष्ट्र«पति रुहानीले अमेरिकालाई चेतावनी दिएको हो ।

राष्ट्र«पति रुहानीले भने– यदि इरान आफनो तेल निर्यात गर्न पाएन भने यो क्षेत्रमा पर्ने कुनै पनि देशले तेल निर्यात गर्न पाउने छैन । ट्रम्प आफ्नो हितका लागि विश्वलाई जोखिममा पुर्याउन चाहन्छ । अहिलेको समयमा यो भन्दा राम्रो उदाहरण अरु छैनन् , अमेरिकी निति कतिसम्म मुसलमान विरोधी छ ।

रुहानीले भने– अब म सजिलै सम्पुर्ण विश्वलाई भन्न सक्छु कि अमेरिका शान्तिका लागि प्रतिबद्ध छैन । उ अन्तराष्ट्रिय सन्धिहरु र संगठनलाई लिएर पनि इमान्दार छैन । हामीले जुन परमाणु सम्झौतामा सन् २०१५ मा विश्वका ६ देशसँग हस्ताक्षर गरेका थियौं, त्यसलाई अमेरिकाले ध्वस्त पार्यो ।

यदि सउदी अरेबिया, बहराइन र संयुक्त अरब इमिरेट्स आफनो जिद्दी छोड्छ भने आफु मित्रताका लागि तयार रहेको पनि रुहानीले बताए ।
इरानमा यदि उसको तेल निर्यातलाई रोक्छ भने बाँकी देशका तेल निर्यातलाई पनि रोक्नु पर्छ भन्नेमा सहमति बनिरहेको छ ।


अमेरिकाले इरानबाट तेल आयात गर्ने देशहरुमाथि दबाव दिँदै आइरहेका छ । अमेरिकाले इरानबाट तेल आयात गर्नेहरुले अन्य कुनै देशबाट किन्न भनिरहेको छ ।
इरानका सैन्य अधिकारीहरुले ट्रम्प प्रशासन इरानमा हमलाको योजना बनाइरहेको समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।

अमेरिकाको नयाँ प्रतिबन्धका कारण इरानको तेल निर्यामा यो बर्षको अन्त्यसम्ममा दुई तिहाइ गिरावट आउन सक्छ । अमेरिकाको यो नितिले विश्व स्तरमा तेलको आपुर्तिमा पनि कमी आउन सक्छ ।

बाँकी खादी देशको तेल निर्यात बन्द गर्न सक्ने
अमेरिकी उर्जा मन्त्रालयको एक प्रतिवेदनमा इरान र ओमानको बीचमा एक रणनितिक जलमार्ग रहेको र उक्त मार्ग भएर सन् २०१६ मा प्रत्यक दिन कम्तिमा १ करोड ८५ लाख ब्यारेल तेल जाने गरेको उल्लेख छ ।

यो बाहेक होरमुज समुद्री मार्गका प्रयोग पनि खाडी देशले गरिहेको छ । रुहानीले बाँकी देशले आफनो तेल बेच्ने र आफुहरु सुस्त देर्शक भएर हेरेर बस्न सम्भव हुन्छ भने प्रश्न उठाएका थिए ।
जुन मार्गबाट खाडी देशले आफनो तेल बेचिरहेको छ, त्यसको सुरक्षा इरानले सँधै गर्दै आइरहेको इरानका राष्ट्रपतिले बताए । अमेरिका इरानी जनतालाई भड्काउने प्रयास गरिरहेको रुहानीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्