अत्यधिक गर्मीबाट तिसको मृत्यु



टोक्यो,(एजेन्सी)
जापानको तापलहरको कारण करिव तिस जना मानिसको ज्यान गइसकेकाले सरकारले जनतालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विगत दुई साता यता बढ्दो तापक्रमको कारण स्वास्थमा नराम्रो असर परेका हजारौ व्यक्ति उपचारका लागि अस्पतालमा पुगेको सरकारी अधिकारीहरुले स्थानिय संचार माध्यमलाई जानकारी गराएका छन् ।

यसै सातको शुरुमा जापानको मध्य भागमा ४० दशमलव ७ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ । पाँच वर्षयताकै यो सबैभन्दा बढि तापक्रम भएके बताइएको छ । क्योटो शहरमा सात दिनसम्म लगातार तापक्रम ३८ डिग्री माथि पुगेको थियो ।

जापानको शिक्षा मन्त्रालयले बिद्यालयहरुलाई गर्मीबाट बिद्यार्थीहरुलाई बचाउन विशेष सतर्कता अपनाउन आव्हान गरेको छ । मंगलवार आइचि क्षेत्रमा गर्मीको कारण कक्षा बाहिर एकजना छ वर्षिय बालकको मृतयु भएको थियो ।

जापानीहरु लाई सरकारी निकायले प्रशस्त मात्रामा चिसो पेय पिउन आब्हान गरेको छ । यसै महिनाका ेशुरुमा मात्र जापानमा बाढि पहिरोको कारण २ सय भन्दा बढिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्