लाश ब्युँताउन खोज्ने ढोँगी पिटिए



अडिस अवावा,(एजेन्सी)
आफ्नो चम्कारिक शक्तिबाट मरिसकेको एकजना पुरुषलाई ब्युँताइदिने असफल प्रयासमा लागेका एकजना ढोँगीलाई आइतवार प्रहरीले गिरफतार गरेको छ । गेटायाकाल आयले नामक ति व्यत्तिले बेलाय बिफ्टु नामक व्यक्तिको लाशलाई आफ्नो शरिर माथि राखेर पटक पटक उनलाई चिच्याउँद ैब्युँतिन आदेश दिएका थिए ।

उनले जति कोसिस गर्दा पनि लाशमा ज्यान भर्न नसकेपछि आक्रोसित मृतक परिवारका सदस्यहरुले उनी माथि आक्रमण गरेका थिए । समयमै प्रहरी घटनास्थलमा पुगेकाले उनको ज्यान बचेको हो ।

तर ज्यान बचेपनि उनी कानुनी फन्दामा फसेका छन् । इथिायोपियाको प्रचलित कानुन अनुसार लाशहरुलाई दुरुपयोग गर्नु अपराध हो । स्थानिय प्रहरी प्रमुखले पेशाले सवास्थ कार्यकर्ता गेटायाकाललाई हिरासतमा लिइएको बताएका छन् ।

यस घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । थोरै आवादी भएको ओरोमिया क्षेत्रको पश्चिमी शहर ग्यालीलीका वासिन्दाले शोकाकुल परिवारलाई भेटेर उनले जिससले वाइवलको न्यु टेस्टामेन्टमा लाजारस नामक मृत पात्रलाई ब्युँताएको कथा सुनाई चमत्कार हेर्न राजि गराएको बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्