भारत: गौरक्षकद्वारा मुस्लिमको हत्या



नयाँदिल्ली (एजेन्सी)
राजस्थानको अलवरमा गौरक्षकहरुले एक ब्यक्तीलाई पिटेर हत्या गरेको छ । हरियाणाको नुँहमा बस्ने रकबर खानलाई उक्त समुहले पिटेरै हत्या गरेका हो । हत्याको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

राजस्थानको अलवरमा कथिन गौरक्षकका हातबाट भएको यस्तो तेस्रो घटना हो । ती घटनाहरुमा भिडले कुनै ब्यक्तीलाई गाई तस्करको नाममा ज्यान लिएको थियो । गत बर्ष पहलु खान र त्यसपछि उमर नामक ब्यक्तीको हत्या गरिएको थियो । मुस्लिम समुदायले यस घटनाको आलोचना गरेको छ । मुस्लिम नेता असदुद्दिनले संविधानले गाईलाई जीउने अधिकार दिएको तर मुस्लिमलाई जीउने नैतिक अधिकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्