इरान: भुकम्पका झट्का



तेहरान (एजेन्सी)
इरानमा आइतबार सृंखलाबद्ध मझौला तथा ससाना भुकम्पका धक्का महसुस गरिएको छ । भुकम्पका झट्काका कारण एकै स्थानका २६ जना सामान्य घाइते भएको बताइएको छ ।

विहानै होर्मोज्गान प्रान्तको रुयडार नगरमा ४ दशमलव ६ म्याग्निच्युडको झट्का महसुस गरिएको थियो । उक्त नगर राजधानी तेहरानबाट ५ सय ८० किलोमिटर दक्षिण अवस्थित छ । त्यसको लगत्तै ५ दशमलव ४ म्याग्निच्युडको परकम्पन आएको अमेरिकी भुगर्भ सर्वेक्षणले जनाएको छ । अपरान्ह तिर फेरी ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले पश्चिमी इरानलाई हल्लाएको थियो ।

प्रतिक्रिया दिनुहोस्