बिस वर्षपछि इथियोपियार इरिट्रियाबिच पहिलो उडान, यात्रुहरुलाई स्याम्पेन र गुलाफ उपहार



अडिस अवावा,(एजेन्सी)
बिस वर्षमा पहिलो पटक इथियोपिया र इरिट्रियाबिच बुधवार भएके व्यावशायिक उडानको दौरान यात्रुहरुलाई स्याम्पेन र गुलाफको फूल वितरण गरिएको इथोपियन एयरलायन्सले जनाएको छ ।

सो एयरलायन्सले दुई देशबिचको युद्धको समाप्ति पछि ‘ शानितको परेवा ’ इरिटिया तर्फ उडेको जनाएको छ । फ्लाइट क्याप्टेन योसेफ हाइलुले आफुलाई विमान उडाउँदा निकै रमाइलो र गौरव महसुस भइरहेको बताएक छन् ।

सन् १९९८ देखि २००० सम्म भएके सिमा क्षेत्रको युद्ध यता दुई राष्ट्रबिचको हवाई र स्थल यातायात ठप्प भएयता शुरु गरेको यस उडानको कारण थुप्रै आफन्त र साथीभाईबिच भेटघाट हुने अनुमान गरिएको छ ।

इथियोपियाका प्रधानमन्त्री एवि अहमदले गत अप्रिलमा सत्ता सम्हाले यता इरिट्रियासंगको शान्ति प्रक्रिया दु«त गतिले अघि बढाएका हुन् । उनले युद्धको स्थितीको औपचारिक रुपमै अन्त्य भएको घोषण गर्दै गत ९ जुलाईमा इरिट्रियाका राष्ट्रपति इसाइयास आफ्वेर्कीसंग ‘ शान्ति र मित्रता ’ को सम्झौतामा हस्तक्षर गरेका थिए ।

बिस वर्षपछि पहिलो पटाक इथियोपियनका राष्ट्राध्यक्षले इरिट्रियाको राजधानी आस्माराको भ्रमण क्रममा अहमदले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसको प्रत्युत्तरमा करिव एक साता अघि इसाइयासले पनि इथियोपियका ेभ्रमण गरेका थिए ।

यि दुई नेताबिच कुटनीतिक सम्वन्ध पुनस्र्थापना गर्ने तथा हवार र स्थल मार्ग पुन शुरु गर्ने सहमति भएको थियो । हिजोको ऐतिहासिक उडानका यात्रुमा इथियोपियाका पुर्व प्रधानमन्त्री हेलेमारियाम देसालेगान पनि रहेका छन् ।

उनले विविसिका पत्रकार इमान्युयल इगुन्जालाई यस भ्रमण गर्न पाउँदा आफु निक ैभावुक बन्न पुगेको बताएक छन् । उनले यो दुवै देशका जनताका लागि स्वर्णिम क्षण भएको टिप्पणी पनि गरेका छन् ।

यसैबिच क्याप्टेन योसेफले विविसिलाई भनेका छन् , ‘ म इरिट्रियामा आफ्ना साथीहरु भेट्ने आशामा छुँ । म आफु हुर्केके स्थानमा फेरी जाँदैछु , त्यसल ैनिकै खुशी लागि रहेको छ । ’

इथियोपिया एयरलायन्सले विमान उड्नु अघि नै ककपिटमा बसिरहेका पायलटहरुको एउटा तस्वीर ट्विट गरेको थियो । इथियोपियाको निजी न्युज साइट एडिस स्ट्यान्डर्डले सो विमानमा ४ सय ५० जना भन्दा बढि यात्रु सवार रहेको जनाएको छ ।

यात्रुहरुको बढ्दो मागको कारण १५ मिनेट पछि नै अर्को विमान इरिट्रिया तर्फ उडेको एएफपि समाचार निकायले जनाएको छ । सिमाक्षेत्रको सो युद्धको दौरान करिव ८० हजार मानिसको जन गएको थियो । सन् २००२ मा संयुक्त राष्ट्र संघ समर्थित सिमा आयोगले इथियोपियाले बाडेमे शहर इरिट्रियालाई दिनुपर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्