उद्धार गरिएका थाइ किशोरहरुले अनुभव सुनाए



बैंकक,(एजेन्सी)
थाइल्यान्डको लुआँग थाम गुफामा फसेका १२ जना किशोरले पहिलो पटक बुधवार सार्वजनिक रुपमा आफ्ना अनुभव सुनाएका छन् ।
उक्त समुहमा अँग्रेजी बोल्न जान्ने एकमात्र किशोर १४ वर्षिय अदुल साम – अनले पहिलो चोटि आफुलाई भेटाउन पुगेका दुईजना वेलायती गोताखोरलाई आफुले हेल्ला भन्न सकेको बताएक छन् ।

तिनीहरु आफ्ना फुटबल प्रशिक्षकसंग गुफाभित्र दुई साता भन्दा लामो समय सम्म थुनिएका थिए । सफल उद्धार गरिएयता हिजो मात्र अस्पतालबाट डिस्चार्ज भएका तिनीहरु घर गएका छन् ।

वाइल्ड बोर्सको जुनियर फुटबल टोलिका सदस्यहरु तिनीहरु हिजो चियांग राइमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । तिनीहरुसंगै तिनीहरुलाई सफल उद्धार गर्न ज्यानको बाजी थाप्ने थाइ नौ सैनिकहरु पनि त्यहाँ उपस्थित भएक थिए ।

ति मध्ये एकजना किशोरले आफुहरुसंग खानेकुरा केहि नभएक ेकेवल पानी खाएर बसेको र पानी भने निकै ससफा भएक ेजानकारी दिएका छन् । केहिले यस घटनाका ेकारण आफुहरुले जीवनमा थप बलियो र धैर्यवान हुनुपर्ने पाठ सिकेको बताएक छन् ।

तिनीहरुसंगै उद्धार गरिएका प्रशिक्षक एकापोल चान्तावोंगले उक्त उद्धार अभियानका क्रममा मृतइु भएक पुर्व नौ सैनिक सामान कुनान प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । गुफा भित्र अक्सिजन पु¥याएर फर्कने क्रममा आफ्न ैअक्सिजन सकेको कारण उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्