युरोपेली अन्तरिक्ष यात्री चीनमा तालिम लिँदै



बेइजिङ (एजेन्सी)
२१ सताब्दी अन्तरिक्ष प्रविधिमा वर्चश्व हासिल गर्ने होडका रुपमा लिइएको छ । अहिले यस क्षेत्रमा पश्चिमी देशको दबदबा रहँदै आएको थियो । तर अब भारत र चीन अन्तरिक्ष दौडका नयाँ ठुला खेलाडीका रुपमा उदय भइरहेका छन् ।

चीनले त अन्तरिक्ष होडमा लामौ छलांग लगाइसकेको र विभिन्न क्षेत्रमा यसमा उसले आफनो क्षमता पनि देखाइसकेको छ । अहिले युरोपियन स्पेस एजेन्सी अर्थात इएसएका अन्तरिक्ष यात्री पनि चीनमा बसेर अन्तरिक्ष यात्रीसँग अवतरणका क्रममा सागरमा बच्ने तालिम लिइरहेका छन् ।
हालै चीनको सहर यानताईको समुद्र तटिय इलाकामा यस प्रकारको तालिम सेन्टर बनाइएको छ ।

जर्मनीका अन्तरिक्ष यात्री म्याथियास मरर र इएसएका दुई अन्य अन्तरिक्ष यात्रीले त्यहाँ तालिम लिएका थिए । उनीहरुले चीनका अन्तरिक्ष यात्रीसँग केहि समयसम्म काम गरेका थिए ।

चिनियाँ अन्तरिक्ष यात्रीसँग काम गर्ने तौरतरिका अन्त्यन्त रोचक रहेको उनीहरुको अनुभव छ । उनीहरुलाई आफनो देशबाट टाढा फरक संस्कृति र भाषाका ब्यक्तीहरुसँग सहकार्य गरेको जस्तो कहिल्यै अनुभव भएन । उनीहरु सबै सँगै बसेर खान्थे , एक अर्कासँग कुरा गर्थे र परिवार जस्तै बसेका थिए ।

विश्वका अन्य अन्तरिक्ष तालिम निकायहरुले तालिम लिने सबैबीच राम्रो सम्बन्ध स्थापित गराउन विशेष कार्यक्रम आयोजना हुने गरेको अन्तरिक्ष यात्री म्याथियासले बताए । तर चीनका नागरिक स्वभावैले मिलनसार छन् । उनीहरुलाई यसतो कुनै कोर्स वा प्रोग्रामको आवश्यक छैन ।

चीन र रुसका अन्तरिक्षयान
सन् २००३ मा चीनको सिन्झाउ अन्तरिक्ष यानले पहिलो अन्तरिक्ष यात्री बोकेर कक्षमा पुगेका थिए । यो अन्तरिक्षयानसँग तीन जनालाई लिएर जाने क्षमता थियो । यो रुसको सोयुज रकेटमा आधारित थियो ।


यसको डिजाइन पनि करिब उस्तै थियो । तर सोयुज विगत ५० बर्ष देखि अन्तरिक्ष यात्री पुर्याउने र ल्याउने काम गरिरहेको छ । यसको डिजाइन अन्तरिक्षमा जाने सुरुका रकेट जस्तै छ । तर सेन्झाउ रकेट अत्याधुनिक प्रविधियुत्र एकाइसौं सताब्दीको अन्तरिक्ष यान हो ।
सेन्झाउ अन्तरिक्ष यानको चौडाई देखेर आफु अचम्भित भएको अन्तरिक्षयात्री म्याथियास बताउँछन् । चीनले रुसबाट प्रविधि सिकेको भएपनि उनीहरुले सोयुजको तुलनामा अत्यन्त राम्रो डिजाइन गरेको उनले बताए ।

यदि यो अन्तरिक्ष यान कुनै कारणबस समुद्रमाथि दुर्घटनाको सिकार भएमा पानीमा खस्ने वित्तिक्कै अन्तरिक्षयात्री स्पेस स्विमसुटमा आउने छ र सजिलै बाहिर निस्कन सक्नेछ ।

यो बाहेक सेन्झाउ अन्तरिक्षयानमा हावा भरिएको रबरको डुंगा राख्नका लागि पर्याप्त स्थान छ । यो सुविधा रुसको रकेट सोयुजमा छैन । पानीमा जीवित रहन रुसमा हुने यस प्रकारको तालिममा चिसो समुद्रमा हामफाल्न भनिएको हुन्छ, जुन आफैमा अत्यन्त कठिन काम हो । त्यहा हावा भरिएको डुंगा पनि दिइँदैन ।

मन्डारिन सिक्न जरुरी
म्याथियास हालै अन्तरिक्ष यात्री बनेका हुन् । एक बर्षपछि प्रविधि र सहुलियत बुझ्नका लागि उनी बेइजिङ ट्रेनिङ सेन्टर आएका हुन् । सन् २०१६ मा चीनको अन्तरिक्ष यात्रीहरुसँग इएसएको नियमित केविंग एक्सपिडिसनमा भाग लिएका थिए । आफुसँग कयौं देशका अन्तरिक्ष यात्री काम गरिरहेको उनले बताए । सबैसँग अंग्रेजीमा कुरा लिने गरेका थिए । तर चिनियाँ अन्तरिक्षयात्री आफनो माृतृभाष अर्थात मन्डारिनमा नै धेरै कुरा गर्थे । त्यसले उनले मन्डारिन भाषा सिक्न थाले ।

अन्तरिक्ष र अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रको मामिलामा अमेरिकाले कहिले पनि चीनसँग सहकार्य नगर्ने निति लिएको छ । तर युरोपेली स्पेस एजेन्सीले चीनसँग काम गर्ने सबै विकल्प खुला राखेको छ ।

इएसए सन २०२३ सम्ममा चीनसँग मिलेर आफनो पहिलो पुर्ण आकारको अन्तरिक्ष केन्द्र प्रक्षेपण गर्ने योजनामा छ । युरोप र चीन मिलेर यसै बर्ष चन्द्रमामा रोबोटिक मिसन सुरु गर्ने भएको छ ।

चीनले हालै मात्र अन्तराष्ट्रिय स्तरमा अनुसन्धानका लागि नयाँ अन्तरिक्ष केन्द्र खोल्न युनाइटेड नेसन्स अफिस फर आउटर स्पेस अफेयर्ससँग अनुबन्ध गरेको छ । यो स्टेसनबाट सन् १९७० र ८०को दशकमा सोभियत इन्टरकास्मस प्रोग्रामका रुपमा ती देशहरुका अन्तरिक्ष यात्री पनि अन्तरिक्षमा जानेछ । यसमा मंगोलिया, क्युबा, अफगानिस्तान र सिरिया जस्ता देशहरु पर्छन् ।

विश्वका कुनै पनि देश जसले अन्तरिक्षमा आफनो यात्री पठाउन चाहन्छ, उसले संयुक्त राष्ट्र संघ मार्फत चिनियाँ अन्तरिक्ष केन्द्रसँग सम्पर्क गर्न सक्ने म्याथियासले अपेक्षा गरेका छन् ।

चीनको अन्तरिक्ष केन्द्र
अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि चीनले आफनो पहिलो उडान सन् २०२० सम्ममा भरिसक्ने म्याथियासले अनुमान गरेको छ । सन् २०२३ सम्ममा उनी चिनियाँ अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री हुने उनको अपेक्षा छ ।

अन्तरिक्ष अनुसन्धानका लागि मोटो रकम र अत्याधुनिक प्रविधिको आवश्यक हुन्छ । यसका लागि धेरै देशको सहयोग खाँचो हुन्छ ।
कुटनितिक तथा सुरक्षा कारणले अमेरिकी स्पेस एजेन्सी नासा र चीन कुनै पनि प्रोजेक्टका लागि सहयोगी नबन्ला तर भविष्यमा ती दुई देश मिलेर चन्द्रमा र मंगलग्रहमा जीवनको सम्भावना खोजिरहेको हुने म्याथियासले बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्