मण्डेलाको जन्म शताब्दिमा ओबामाको सम्बोधन



वासिंगटन,(एजेन्सी)
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकाका आफ्ना पूर्व समकक्षी तथा महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मंगलबार सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा सहभागी हुन् उनी सोही सोमबारै दक्षिण अफ्रिकाको राजधानी जोहान्नेस्वर्ग पुगेका थिए । बुधबार अर्थात हरेक वर्षको १८ जुलाईमा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ ।

यस वर्ष उनको १०० औँ जन्मदिन परेको हो । तर उनको १०० औँ जन्मदिनको पूर्वसन्ध्यामा मंगलबारकै दिन यस समारोह आयोजना गरिएको आयोजक समितीले जनाएको छ । सन् २०१७ मा मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिए यता बाराक ओबामा प्रायशः सार्वजनिक समारोहरुमा उपस्थित हुने गरेका छैनन्।् ।

ओबामाले नेल्सन मण्डेलालाई भने आफ्नो जीवनको आदर्श र प्रेरणाको रुपमा लिने गरेका छन् । हिजोको यस विशेष कार्यक्रममा कम्तिमा पनि १५ हजार मानिसकोे सहभागिता रहेको थियो । उक्त सभालाई विश्वका अन्य केही नेता तथा ओबामाले सम्बोधन गरेका हुन् ।

दक्षिण अफ्रिकाको जोहानेस्वर्गमा स्थिते विशाल क्रिकेट रंगशालामा सो समारोहको आयोजना गरिएको हो । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ । ओवामाले उक्त सभालाई सम्बोधन गर्नेक्रममा विशेषगरी युवा वर्गलाई प्रजातन्त्र, मानवअधिकार र शान्तिको संरक्षणका लागि लाग्न आह्वान गरेका छन् । दक्षिण अफ्रिकामा रंगभेद विरुद्धमा लामो सघर्ष गर्ने क्रममा नेल्सन मन्डेलाले २७ वर्ष लामो कारावस संजाय भोगेका थिए ।

सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात र लोकप्रिय रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्