स्वात घातीमा पुन स्थापित भए बुद्धका मुर्ति



मिंगोरा (एजेन्सी)
पाकिस्तानको स्वात उपत्यका स्थित एक चट्टामा कुँदिएको बुद्धको प्रतिमालाई सन् २००७ मा पाकिस्तानी तालिबानले तोडफोड गरेका थिए । अहिले उक्त प्रतिमालाई पुन स्थापित गरिएको छ । यो प्रतिमा अब स्वात घाटीमा सहिष्णुताको बलियो प्रतिकका रुपमा उदय भएकोछ ।

सन् २००१ मा बामियानमा जस्तै सन् २००७ मा यस मुर्तिलाई डाइनामाइटबाट उडाउने प्रयास भएको थियो । त्यसले यस प्रतिमालाई धेरै नोक्सान पुर्याएको थियो । केहीले यसलाई अत्यन्तै बर्बरतापुर्ण कार्य भएको बताउँदै कडा निन्दा गरेका थिए । इस्लामिक कट्टरपन्थीहरुले प्राचिन बौद्ध सभ्यताले भरिएको यस क्षेत्रको ऐतिहासिक पहिचान र संस्कृतिलाई समाप्त पार्न कुनै कसर छोडेको थिएन ।

स्वातमा बुद्ध धर्मका एक विशेषज्ञ ७९ बर्षिय परवेश शाहिनले भने ( मलाई त उनीहरुले मेरै पिताको हत्या गरेको जस्तो लाग्याथ्यो । उनीहरुले मेरो संस्कृति र मेरो इतिहासमाथि हमला गरेका हुन् ।

त्यहाँ अहिले इटाली सरकारले संयौं पुरातात्विक महत्वका स्थानहरुको संरक्षित गर्न मद्दत गरिरहेको छ । इटाली सरकारको मद्दतले यो स्थान फेरी एक पटक पुनर्जिवित हुने र त्यसपछि त्यहाँको पर्यटन ब्यवसाय झाँगिनेमा स्थानिय सरकार आशावादी देखिएका छन् ।

एक दशक अगाडीको उक्त आक्रमणमा तालिबान लडाकुले २० फिट अग्लो मुर्तिमाथि चढेर त्यसमा विस्फोटक पदार्थ रोखका थिए । विस्फोटमा प्रतिमाका केही हिस्सा क्षतिग्रष्त भएको थियो । बुद्धको अनुहार उक्त विस्फोटमा पुरै क्षतिग्रष्त भएको थियो । शाहिनका लागि यो प्रतिमा ‘शान्ति, प्रेम, र भाइचारा‘को प्रतिक थियो ।

शाहिनले भने ( हामी कुनै ब्यक्ती वा धर्म प्रति घृणा गर्दैनौं , कसै प्रति घृणा गर्ने यो के तरिका हो । स्वात घाती इतिहासको जानकारी नभएका कयौं परिवारले सन् २००७ मा भएको उक्त आक्रमणको सराहना गरेका थिए । उनीहरुले बुद्धको मुर्तिलाई इस्लाम विरोधी मानेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्