ट्रम्पको अभिव्यक्तिको अमेरिकामा नै व्यापक आलोचना



हेलेन्सिकी,(एजेन्सी )
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिनल्यान्डको राजधान हेलेन्सिकीमा रुसी समकक्षी भ्लादिमिर पुटिनसंग भएको महत्वपुर्ण भेटावार्ताको दौरान सन् २०१६ मा अमेरिकीमा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा भएको बताइएको रुसी हस्तक्षेपको प्रतिवाद गरेको कारण मंगलवार स्वदेशमा उनको चारैतिरबाट व्यापक आलोचना भएके अमेरिकी संचार माध्यमले जनाएको छ ।
उक्त शिखरवार्तामा ट्रम्पले अमेरिकी गुप्तचर निकायहरको भनाई विपरित रसियालाई अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गर्नुपर्ने कुनै आवश्यकता नरहेको जनाएका छन् ।

अमेरिकी कंग्रेसका सभामुख तथा प्रमुख रिपब्लिकन पावल ¥यानले ट्रम्पले रसिया हाम्रो देशको गठबन्धन राष्ट्र होइन भन्ने बुझ्नुपर्ने प्रतिक्रिया व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पका आफ्नै गुप्तचर प्रमुख स्वयम पनि उनको भनाईको विरुद्ध उत्रिएका छन् ।

अमेरिकी राष्ट्रिय गुप्तचरका निर्देशक ड्यान कोट्सले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन् , ‘ अमेरिकी प्रजातनत्रलाई ओझेलमा पार्न जारी रहेको हस्तक्षेपकारी प्रयासहरुका लागि रसिया जिम्मेवार रहेका छन् । ’ तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आधिकारिक रुपमै यस्तो हस्तक्षेपकारी कदमको आरोप अस्विकार गरेका छन् ।

सोमवार राजधानी हेलसिन्की अमेरिका र रसियाका राष्ट्रपतिबिच झण्डै दुइघन्टा लामो गोप्या वार्ता भएके थियो । सो वार्तामा तिनीहरुका सल्लाहकारहरुलाई समेत सामिल गराइएको थिएन ।
उक्त वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चुनावमा हस्तक्षेप गरेको भन्ने आरोप सम्बन्धमा आफ्न ैदेशका गुप्तचर निकायहरु वा राष्ट्रपति पुटिनलाई विश्वास गर्छौ भनी सोधिएके प्रश्नको जवाफमा उनले भनेका थिए , ‘ राष्ट्रपति पुटिनेले रसियाको हात छैन भने । मैले पनि यसमा रसियाको कुन ैहात हुनुपर्छ भन्ने कारणहरु देखेको छैन ।

साथै ट्रम्पले विगतमा पनि रसियाका ेकुन ैगल्ती वावजद पनि रसियासंगको सम्बन्ध बिगारेको कारण अमेरिकी सरकारको आलोचना समेत गरेका छन् । अमेरिकी गुप्तचर निकायहरुले सन् २०१६ भएको चुनावमा राष्ट्रपतिय उम्मेदवार हिलारी क्लिन्टन विरुद्धको इन्टरनेट ह्याकिंग गरी भएको षडयन्त्रमा रसियाकै हात भएके निक्र्यौल निकाली सकेका छन् ।

त्यतिवेला साइवर आक्रमण गरी नक्कली समाचारहरु सामाजिक संजालमा राखिने गरिएको थियो । सिनेट शसस्त्र सेवा समितीका प्रमुख सदस्य सिनेटर जोहन म्यककेनले ट्रम्पको यो प्रस्तुति निकै दुखदपुर्ण रहेको बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्