विपक्षीको चुनावी सभामा बम विस्फोट



ढाका ।
बङ्गलादेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ ।

पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ ।

घटना भएको ठाउँ बङ्गलादेशको राजधानी ढाकाबाट करीब २५६ किलोमिटर टाढा रहेको छ । बङ्गलादेशको ठूलो विपक्षी पार्टी बीएनपीले आयोजना गरेको कार्यक्रममा बम विस्फोट भएको हो ।

यस विस्फोटमा परी तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको समाचारमा जनाइएको छ ।

राजशाही महानगरीय प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई नाम नबताउने शर्तमा बीएनपी चुनावी ¥यालीमा परिपक्क नभएका तीन वटा बम विस्फोट गराएको जानकारी दिएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्