सामसुङ प्लाजाले मनायो १५ औं एनिर्भसरी



काठमाडौं ।


सामसुङ प्लाजा हिम इलेक्ट्रोनिक्सले संचालन गर्दै आइरहेको छ । सामसुङ इलेक्ट्रोनिक्सको नेपालको लागि वितरक हिम इलेक्ट्रोनिक्स हो । सामसुङ प्लाजाले स्थापनाको १५ वर्ष पुरा गरेको छ । सामसुङ प्लाजा इलेक्ट्रोनिक्स सामानहरुको लागि ब्रान्ड आउटलेट हो जहाँ इनोभेषन, एड्भान्स तथा सयम सापेक्ष इलेक्ट्रोनिक्स उत्पादनहरु पाइन्छ । जहाँ स्मार्टफोन, टिभी र अन्य होम अप्लाइन्सेसहरु पाउन सकिन्छ ।

१५ बर्षको स्थापना दिवसको अवसरमा कम्पनीले आस्मा फाउन्डेसनको अधक्ष्य कमल केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । उक्त फाउन्डेसनले निर्मल विद्यापथ स्कुलका २७ जना छात्राहरु र अजाद स्कुलका २३ जना छात्राहरुलाई गरि ५० जना छात्रालाई १ वर्षको पूरा स्कलरसिप , स्कुल ड्रेस र स्टेशनरी सामाग्री दिएकोे छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई यो सानो सहयोगले केही भएपनि राहत पुग्ने कम्पनीले अपेक्षा गरेका छ ।

उक्त उत्सव कार्यक्रममा हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले भन्नुभयो ‘यो हाम्रो कम्पनीको निकै खुसीको समय हो । हामीले १५ बर्ष लामो इतिहास बनाउन सफल भएका छौं । कठिन सयममा पनि राम्रोसँग काम गर्न सकिन्छ भन्ने उदहारण भएका छौं । यो हाम्रो लागि गौरवको विषय हो । साथै महिला शसक्क्तीकरणमा हामीले सानो भएपनि स्कुल र सीपको रुपमा सहयोग गर्न सकेका छौं । मलाई विस्वास छ हाम्रो सानो सहयोगले सकारात्मक परिणाम ल्याउने छ ।
छात्राहरुको शिक्षा उत्तिकै महत्वपूर्ण रहेको छ जसले आर्थिक, सामाजिक र राष्ट्र विकासमा ठूलो योदान दिन सक्छ । भविष्यमा पनि हामी यसरी नै सबैसँग जोडिएर हाम्रा ग्राहकलाई इनोभेटीभ प्रडक्ट र सेवा दिने छौं ।’

प्रतिक्रिया दिनुहोस्