बज्यैको हत्यापछि नातिनीको टाउको काटिए



वासिंगटन,(एजेन्सी)
अमेरिकाको अलावामा राज्य निवासी एकजना शारिरीक र मानसिक रुपमा अशक्त १३ वर्षिया किशोेरीको गत महिना टाउको काटेर हत्या गरिएको यस घटनामा अनुसन्धानरत प्रहरीले विहिवार जनाएके छ ।

एउटा चिहानमा आफनी हजुर आमा ेको ज्यान जाने गरी छुरा प्रहारको प्रत्यक्षदर्शी भएकै कारण उनले पनि ज्यान गुमाउनु परेको बताइएको छ । हन्टसभिल्ले निवासी ति किशोरीको शव सोही चिहानमा फेला परेको थियो ।

मेडिसन काउन्टि कोर्टमा २६ वर्षिय योनी अगुलार नाम पुरुष विरुद्ध यस हत्याकाण्डको अभियोगमा प्रारम्भिक सुनुवाई भएके छ । अगुलार र अर्का ३४ वर्षिय इजरायल पालोमिनोलाई गत जुनमा ४९ वर्षिया ओरालिया मेन्डोजा र उनकी नातीनी मारियाह लोपेजको हत्या गरेको अभियोग लगाइएको छ ।

सुरकारी सुत्रले मेन्डोलोजा विश्वको सबैभन्दा खतरनाक र शक्तिशाली लागु औषध ओसार प्रसार गिरोह मध्ये एक सिनालोआ कार्टेलका सदस्य रहेको बताएको छ । अनुसन्धानकर्ताहरुलाई बयान दिने क्रममा अगुलारले मेन्डोलोजा , पालोमिनो र अन्य एकजना महिला जुन महिनाको शुरुमा एक किलोग्राम मिथाएम्फेटामाइन लिन जर्जिया गएको बताएक छन् । लागु औषध किन्ने मामिलामा चर्को विवाद हुँदा मेन्डोलोजा माथि आक्रमण भएके थियो ।

प्रतिक्रिया दिनुहोस्