आक्रोेसित भिडद्वारा तीनसय गोही मारिए



जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाको वेस्ट पपुवा प्रान्तको एउटा बन्यजन्तु आरक्षणमा आक्रोसित गाउँलेहरुले एक भिडले झण्डै ३ सय भन्दा बढि गोही मारेको छ । त्यहाँको एउटा गोहीले एकजना स्थानिय पुरुषको ज्यान लिएको बदला स्वरुप तिनीहरुले यसरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।
सो आरक्षणका अधिकारीहरु र प्रहरीले आफुहरुले तिनीहरुको आक्रमण रोकन नसकेको र अब तिनीहरु विरुद्ध अभियोग लगाउने तयारी भइरहेको बताएका छन् । इन्डोनेरियामा आरक्षित जनावरका हत्या गर्नुलाई गम्भीर अपराध मानिन्छ । यस वापत अभियुक्तलाई जरिवाना र कारावास वा जरिवाना वा दुवै संजाय हुनसक्छ ।

शुक्रवार बिहान एकजना स्थानिय गाउँले गोही प्रजनन आराक्षणमा सागपात संकलन गर्ने क्रममा मारिएका थिए । वेस्ट पपुवा स्थित इन्डोनेसियाको प्राकृतिक श्रोत संरक्षण निकायको अध्यक्षले भनेका छन् , ‘ एकजना कर्मचारीले मद्धतका लागि कोहि चिच्याएको सुने । तत्काल त्यहाँ गएर हेर्दा एक व्यक्तिलाई गोहीले आक्रमण गरिरहेको देखे । ’

शनिवार ति व्यक्तिको अन्तयेष्टि पछि थुप्रो संख्यामा स्थानिय आक्रोसित व्यक्तिहरु हातमा छुरा , सावेल , घन र गडा बोकेर गोहीलाई आक्रमण गर्न सो आरक्षणमा पुगेका थिए । स्थानिय संचार माध्यमले तिनीहरुले पहिले आरक्षणको कार्यालयमा तोडफोड गरेको र त्यसपछि त्यहाँ रहेका सम्पुर्ण गोही मारेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्