शान्ताको भिडियो रिलेसनमाथि



गायिका शान्ता जीसीको नयाँ गीत तिम्रो वचनले म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। बुटवलको बागेश्वरी संगीत विद्यालयमा ७ वर्ष संगीतको प्रशिक्षण लिएर संगीतमा पाइला चालेकी शान्ताको यस गीतको म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की, सम्पदा बानिया र बालकलाकार आयुशी लुइँटेलले अभिनय गरेका छन्।

गीतमा सन्तोष श्रेष्ठको संगीत र गायिका स्वयंको शब्द रहेको छ। संगीत संयोजन सुदीप सागरको रहेको छ। भिडियोलाई आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन्। परिवारबाट टाढा रहेर साथ सहयोगको आशाका साथ रिलेसनसिपमा बस्ने जमातमा देखा पर्ने समस्याको एउटा रूपलाई भिडियोमा देखाइएको छ। भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन् भने माधव बेल्बासेले सम्पादन गरेका छन्। गायिका शान्ताका यसअघि वाचा, तीज गीत टोकियोमा किनेको साडी, बरिलैलगायतका गीत भिडियोसहित सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्