डा.केसीको जीवन रक्षा गर्न माग गर्दै नेविसंघद्वारा जुम्लामा प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौँ ।

डा.गोविन्द केसीको मागमा ऎकवद्दता जनाउन जुम्ला आउपुगेका नेविसंघका महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतको नेतृत्वमा जुम्लामा आज प्रदर्शन भएको छ ।

कृष्ण मन्दिर परिसरबाट सुरु भएको र्‍याली प्रहरीको निषेधित घेरा तोड्दै जिल्ला प्रशासन कार्यलय अघि पुगेको थियो । डा.केसीको माग पूरा गर , वार्ता टोली गठन गर , कर्णालीमा मेडिकल कलेज संचालन गर , भन्ने प्रमुख नारा सहित नगर परिक्रमा गरिएको थियो ।

अन्तमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै

नेपाल विद्यार्थी संघ जुम्लाका केन्द्रिय सदस्य घनश्याम थापाले थप आन्दोलनको कार्यक्रम चर्काउने चेतावनी दिएका छन् । उनले भने नेपाल विद्यार्थी संघ जुम्लाले अब घर घरमा पुगेर डा।गोविन्द केसी को मागलाइ प्रष्ट्याउदै थप शसक्त आन्दोलन गर्नेछ ।

नेविसंघ केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीले पहिलोपटक नेविसंघले नै माइतीघर मन्डलामा निषेधित क्षेत्र तोडेको स्मरण गर्दै , ओली सरकारले विनाकारण लादेको यस किसिमको तानाशाही नियम जुम्लामा पनि आएर तोडेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै महामन्त्री कुन्दन काफ्ले भने जनतालाइ ठुला(ठुला सपना देखाएर बनेको ओली सरकारले तिनै जनताको उपेक्षा हुने गरि सामन्तवादीहरुलाइ पोस्ने खाले नियम कानुन बनाउन अघि बढिरहेको छ ।
एक गरिब जुम्ली बाबुले आफ्नो छोरालाइ सम्झाउदै गरेको एक घटना उदृत गर्दै काफ्ले थपे ू पढ छोरा, हामी गरिब भएर के भयो त , तलाइ डा।गोविन्द केसीले डाक्टर बनाउनेछ्न ।

सम्पुर्ण जुम्ला वासीलाइ आह्वान गर्दै उनले चुनावमा जसलाइ भोट हालेको भएतापनी डा।गोविन्द केसीको मुद्दामा भने एक हुन आग्रह गरेका छन् ।

अहिले जुम्ला सुत्यो भने ७७ जिल्ला नै सुत्नेछ भन्दै जुम्लालाइ जाग्न र यो आन्दोलनको नेतृत्व लिन पनि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्