विमानमा अक्सिजनको कमी



डब्लिन (एजेन्सी)
आयरल्यान्डको रायन एयरलाइन्सको एक विभानमा अक्सिजनको स्तर कम भएपछि जर्मनीको फ्रान्कफर्ट स्थित हान विमानस्थलमा आपतकालिन अवतरण गरिएको बताइएको छ । अक्सिजनको स्तर कम हुनुका कारण विमानमा यात्रा गरिरहेका ३३ जनालाई अस्पताल पुर्याइएको छ ।

रायनएयरका प्रवस्त्राले उडान एफआर ७३१२ मा अचानक अक्जिनको स्तर कम भएकोले विमान आकश्मिक अवतरण गर्नु परेको जानकारी दिए ।

उक्त विमान डब्लिनबाट क्रोएसियाका लागि उडान भरिरहेको थियो । यात्रीहरुले टाउको दुखेको र कानमा पिडा भएको गुणासो गरेको र केहि रिंगता लागेका बताएको जर्मनीको संघिय प्रहरीका प्रवक्ताले जानकारी दिए । केही यात्रीको कानबाट रगत समेत निस्केको थियो । केही यात्रीलाई अस्पतालबाट डिस्चार्ज गरिसकेको तर केही अधिले पनि अस्पतालमै रहेको जर्मनी सन्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्