उत्तर कोरियाद्वारा चीनसंग नाकावन्दि हटाउन अनुरोध



बेइजिंग,(एजेन्सी)
आणविक हातहतियार कार्यक्रम चलाएको आरोपमा संयुक्त राष्ट्र संघको आग्रह अनुसार आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले आइतवार चीनलाई आग्रह गरेको छ ।

गत जुन १२ मा सिंगापुरमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सोहि वार्ताका क्रममा किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए ।

हाल उत्तर कोरियाले आफुले निशस्त्रीकरणको पालना गरेको दावी गरेको छ । उत्तर कोरियाले यसअघि नै एउटा आणविक परिक्षण केन्द« नष्ट गरिसकेको छ । यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । यसैकारण उत्तर कोरियाले पनि अहिले आफुलाई विगतमा नाकाबन्दीबाट मुक्ति दिइनु पर्ने आवाज उठाएको हो ।

चीनले संयुक्त राष्ट्र संघको नाकावन्दिी नीति पालना गर्दै उत्तर कोरियालाई उपलब्ध गारउँदै आएको पेट्रोल रोकेको थियो ।

आइतबार प्योङ्याङमा केही चिनियाँ अधिकारीसँगको भेटका क्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यो माग पेश गरेको चिनिया आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सि जिन्पिंगसँग गत महिना भएको भेटका क्रममा किम जोंग उनले समेत यो प्रस्ताव राखेको जापानी पत्रिका योमिउरी सिम्बुनले जनाएको छ ।

तर यस सम्बन्धमा चीनले अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन । हरेक वर्ष दक्षिण कोरिया र अमेरिकाले गर्ने संयुक्त सैनिक अभ्यासलाई उत्तर कोरियाले आफु विरुद्धको युद्धको तयारीको रुपमा लिने गरेको छ ।

यसैलाई निहुँ बनाई उत्तर कोरियाले पटक पटक अमेरिका र दक्षिण कोरियामाथि आक्रमण गर्ने धम्की दिने गरेको थियो । सन् १९५१ देखि १९५३ सम्म चलेको कोरियाली युद्ध कुनै औपचारिक सम्झौतामा नभई युद्धविराममा मात्र टुागिएकाले पनि प्राविधिक रुपमा दुई कोरिया बिच अझै युद्ध जारी रहेको मानिन्छ ।

दइिाण कोरियामा त्यहाँका राष्ट्रपति मुन जाय इन र किम जोंग उनबिच भएक ेअर्को ऐतिहासिक वार्ताको दौरान कोरियाली युद्ध औपचारिक रुपमा समाप्त भएके तथा कोरियाली प्रायद्विपलाई आणविक सन्त्रास मुक्त बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्