क्युवामा पहिलो पटक निजी सम्पत्तिलाई मान्यता दिइने



हवाना,(एजेन्सी)
नयाँ संविधान अनुसार क्युवामा पहिलो पटक जनताले औपचारिक रुपमा निजी सम्पत्ति राख्न पाउने भएक छन् । सरकारी संचार माध्यमले आइतवार पुरानो संविधानमा थुप्रै कुरा परिवतर्न गरिएको जनाएको छ ।

सन् १९५९ मा फिडेल क्यास्ट्रो सत्तामा आएपछि निजी सम्पत्ति बिक्रि माथि प्रतिवन्ध लगाइएको थियो । तर सो प्रतिवन्ध सन् २०११ मा कानुनमा परिवर्तन गरिएपछि हटेको थियो ।
कम्युनिस्ट सरकारको यो नयाँ संविधानले अझै पनि केन्दि«य योजना र सरकारी उद्योग व्यवशाय अर्थतन्त्रको प्रमुख आधार हुने कुरा दोह¥याएको छ । यो संविधान आगामी साता राष्ट्रिय सभामा हुने मतदानबाट अनुमोदित हुने आशा गरिउको छ ।

त्यसपछि फेरी अन्तिम अनुमोदनका लागि यसै वर्षको उत्तरार्धमा यस संविधान मस्यौदालाई जनमत संग्रहका लागि राखिने सरकारी संचार माध्यमले आइतवार जनाएको छ । यदि यो संविधान पारित भएको खण्डमा यसले सन् १९७६ मा कम्युनिस्ट पार्टीले अनुमोदित गरेको वर्तमान संविधानलाई प्रतिस्थापन गर्ने बताइएको छ ।

निजी सम्पत्तिलाई मान्यता दिनु भनेकै संभवत नयाा कानुन अनुसार निजी उद्योग व्यवशाय र विदेशी लगानीलाई प्रशय दिने संकेत हुनसकने अर्थविदहरुको भनाइ रहेको छ । ग्रान्मा अखवारले प्रस्तावित संविधान संसोधन अन्तर्गत क्युवाको कम्युनिस्ट पार्टी नै महत्वपुर्ण पार्टीको रुपमा कायमै रहने जनाएको छ ।

तर राष्ट्रपतिहरुलाई पाँच वर्षको कार्यकालको लगातार दुईपटक मात्र सेवा गर्ने मौका दिइने भएके छ । साथै राजनीतिक शक्ति राष्ट्रपति र प्रधानमन्त्रीबिच बाँडफाँड गरिने छ ।
यसैगरी लैंगिक , जातिय वा शारिरीक एवं मानसिक अशक्तता माथिको भेदभाव माथि प्रतिवन्ध लगाइने छ । यसैक्रममा समलिंगी तथा तेश्रोलिंगीहरु पनि समलिंगी विवाहलाई अब सरकाी मान्यता दिइने कुरामा आशावादी देखिएका छन् ।

सन् २०१० यता क्यवाले पटक पटक आफ्नो अर्थ उकास्ने उद्देशयले बजार वयवस्थालाई सुधारि सकेको छ । राष्ट्रिय सभाले गत महिना संवैधानिक सुधारका लागि प्रस्ताव अघि सारेको थियो । सन् २००२ को पछिल्लो संवैधानिक शंसोधनमा क्युवाको राजनीतिक प्रणालीको समाजवादी विशेषता अक्षुण्ण रहेको उललेख गरिएको थियो ।

गत महिना राष्ट्रपति मिगेल डियाज क्यानलले पुर्व राष्ट्रपति राउल क्यास्ट्रोले संवधान शंसोधन गराउन सक्ने संकेत दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्