६ महिनामा सवा ५ लाख पर्यटकको आगमन



दीपेन्द्र थापा, काठमाडौं ।

पछिल्लो ६ महिनामा ५ लाख १२ हजार ५ सय ७१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ३५ प्रतिशतले बढी हो ।

सन् २०१७ को छ महिनामा ४ लाख ६० हजार ३ सय ४ जनाले नेपाल भ्रमण गरेका थिए । विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाईमार्ग र अन्य ६ वटा स्थलमार्ग नाका भएर आउने पर्यटकको संख्या रहेको जनाएको छ । तर, सो तथ्यांकमा जुन महिनमा भने हवाई मार्ग अर्थात त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिने पर्यटकको संख्यामात्र उल्लेख भएको अध्यागमन विभागको भनाइ छ ।

जुन महिनामा हवाईमार्ग भएर ५८ हजार २ सय ६७ जना पर्यटक नेपाल आएका छन् । जसमा भारतीयको संख्या २१ हजार ६ सय २३ जना रहेको छ भने अमेरिकी ७ हजार १७ र चिनियाँ ६ हजार ९ सय ८९ जना रहेको विभागले जनाएकोे छ । मार्च महिनामा ९३ हजार २ सय ५८ पर्यटक आएका थिए ।

जनवरीमा ५७ हजार ५ सय ५५ र फेबु्रअरीमा ६६ हजार १ सय ८५ पर्यटक आएका छन् । विमानस्थल र स्थलमार्ग हुँदै २ लाख १६ हजार ९ सय ९८ आएका छन् भने स्थलमार्गबाट ६९ हजार ८ सय ६७ पर्यटक ३ महिनामा आएका भित्रिएका हुन । अप्रिल महिनामा ९८ हजार ८ सय २५ पर्यटक आएका थिए । मे महिनामा भने ६८ हजार ८ सय २९ पर्यटक हवाईमार्ग र स्थलमार्ग हुँदै नेपाल भित्रिएका छन् । सन् २०१७ को मे महिनामा ६२ हजार ७७३ जना पर्यटक नेपाल आएका थिए।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्मालका अनुसार बार्डले गर्दै आएको विभिन्न प्रचारात्मक गतिविधिले पर्यटकको अगमन संख्यामा वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्