कारमा ढुँगा खस्दा आमाछोरी ठहरै



वासिंगटन, (एजेन्सी)
एउटा गुड्दै गरेको ट्रकबाट अचानक खसेको एउटा ढुँगाले किचिएर अर्को कारभित्र सावार दुई महिलाको मत्यु भएपछि अमेरिकी प्रहरीले सो ट्रकका चालकलाई गिरफतार गरेको छ । ३३ वर्षिय जोसेफ पाउल जेकको लापरवाहीक ैकारण गत सोमवार अपरान्ह सो दुर्घटना भएके थियो ।

उनी दुर्घटनाको दुई दिनपछि प्रहरीको फन्दामा परेका थिए । मिन्नीपोलिसको एउटा उपनगरमा आमा छोरी सावार कार माथि ३ सय ६० किलोग्राम वजनको ढुँगा खसेको थियो ।


मिन्नेसोटाको रोजमाउनट शहरको विकट सडकमा यस दुर्घटनामा ६७ वर्षिया क्यारेन क्रिस्टियान्सेन र ३२ वर्षिया जेना क्रिस्टियान्सेनक मृत्यु भएको छ । प्रहरीले जेकको ढुँगा लादिएको ट्रकको तस्वीरको आधारमा उनी पक्राउमा परेको बताएको छ ।

उनी विस्द्ध सवारी साधन मार्फत आम हत्या गरेको , सावरी साधन ठोकाएको , घटनास्थलबाट फरार भएके र लापरवाही डंगले सावारी हाँकेको गरी चारवटा अभियोग लगाइएको स्थानिय संचार माध्यमले जनाएको छ । जेकलाई अधिकतम चालिस वर्ष लामो कारावास संजाय र असी हजार अमेरिकी डलर जरिवाना हुन सक्छ । आगामी ४ अक्टोवरमा यस मुद्धाको सुनुवाई हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्