केका लागि दुई तिहाइ ?



केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सधैं यो सरकार २ तिहाइको हो त्यसैले पनि बलियो भएको र कसैले पनि हल्लाउन नसक्ने भन्दै आएको छ तर यसो भन्दा धरहरालाई अचम्म लागिरहेको र पटकपटक प्रश्न गरिरहन्छ २ तिहाइ राम्रो कामका लागि कि नराम्रोका लागि ।

सामान्य बहुमतले सरकार चलिरहन्छ, उसलाई काम गर्न कसैले छेक्दैन । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेक सबै दललाई सरकारमा आउन आग्रह गरेपछि सरकार सहमतिको हो कि बहुमतको भन्ने पनि बुझ्न गाह्रो भएको छ । मन्त्रालय भागवण्डा गर्ने अनि सहमति गर्ने पुरानै प्रचलन धरहरालाई मन परेको छैन ।

अहिले जनताको पक्षमा केही पनि नगर्ने अनि सबै कुरा तत्कालै गर्छौं भनेर घोषणापत्रमा लेखिएको मीठा शब्दप्रति जनता दिक्क भइसकेका छन् । राष्ट्रिय राजनीति यस्तै भएको र तत्कालै चाहे केही गर्न नसकिने थाहा भए पनि वाम गठबन्धनको विश्वासमा जनताले बुझेर वा नबुझेर मतदान गरे भन्ने बहसको विषय बनेको छ ।

धरहरालाई सरकारका गतिविधि चित्त बुझेको छैन । सरकारको ५ महिने कार्याकालमा प्रतक्ष्य रुपमा जनताले अनुभुत गर्ने ५ वटा काम पनि नदेखिनुले सरकारप्रति शंका गर्ने आधारहरु प्रशस्तै देखा परेका छन् ।

वर्तमान आवश्यकताभन्दा पनि भावी सपना देखाएर जनता अल्मल्याउन खोजेको भन्दै वाम गठबन्धनका मतदाताहरु मत फिर्ता लिन पनि नमिल्ने भएकाले अब के गर्ने भन्ने अलमलिएको देख्दा के गर्ने होला भनेर धरहरा पनि अलमलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्